काठमाडौं । गर्मी महिना बढेसंगै सरुवा रोगको संक्रमण पनि उत्तिकै देखिरहेको छ । हावा, पानी, लामखुट्टृे लगायतका किटाणुबाट सरुवा रोगको संक्रमण हुने गर्छ । विशेष गरी टाइफाइड, झाडापखाला, भाइरल हेपाटाइटिस, आउँ जस्ता रोगको जोखिम गर्मी मौसममा बढी हुने गरेको देखिन्छ ।
हरेक बर्ष जस्तै यो वर्ष पनि गर्मि मौसम सुरु भए लगत्तै झाडापखाला , रुघाखोकि ज्वरोका कारण विबामीको सख्या बढ्नुका साथै मृत्यु पनि भईरहेको छ । यो सरुवा रोगहरुबाट जोगिनु आबश्यक छ । यो मौसममा सरुवा रोगका विभिन्न बिरामीहरु आउँने गर्छन् त्यो मध्यपनि ज्वरोको बिरामीहरु बढीमात्रमा आइरहेका छन् । सरुवा रोग कसरी हुन्छ ? कसरी सर्छ ? यो जान्न आवश्यक छ । विशेष गरि खानेकुरा र खानेपानीबाट बच्नु पर्छ ।
पानीबाट सर्ने रोग जन्डिस, झाडापखाला, टाइपाइड हो । पानी पिउदा राम्रोसँग र्निमुलिकरण नगरी पिउँदा झाडापखला रोग निम्त्याउछ । त्यसकारण हामीले पानी कहाँबाट ल्याएका छौं र स्रोत कस्तो छ, पानी कतिको शुद्ध छ वा छैन् भन्ने कुराको जानकारी लिएनौं भने हामीलाई झाडापखला लगायत सरुवा रोग लागेर मृत्यु समेत हुनसक्छ ।
सडकको छेउमा वा धुलोधुवा हुने ठाउँमा राखिएको खानेकुरा ध्यानै नपुर्याई खादा पनि यस्तो रोग लाग्ने गर्छ र यस्तो खानेकुरामा ध्यान दिने गर्नुपर्छ । हेपाटाइटिस ए र बी खासगरी पानीबाट सर्ने गर्छे ।
बच्नका लागि शुद्ध खानेकुरा खाने र निर्मलीकरण गरेको पानी पिउने बानी बसाल्यो भने हामी यस्तो रोगबाट बच्न सक्छौ । विभिन्न प्रकारको किराहरुले टोकेको छ भने स्वस्थ्यकर्मीसंग सल्लाह लिएर यस्को समाधान गनुपर्छ ।
मृत्यु हुनेमा अधिकांश बालबालिका र बृद्धाहरु रहेका थिए । त्यहाँको सबै कुरा बुझ्दा कतै यो हावाबाट सर्ने रोग हाकी भन्ने अनुमान रहेको छ, यदि हाकी रागे नै हो भने एक व्यक्तिलाई लाग्यो भने आफ्नो छरछिमेकीलाई सजिलैसँग आक्रमण गर्न सक्छ । गाउँघरमा प्रायः पानीको स्रोत एउटै हुन्छ , त्यत्ति राम्रोसंग ध्यान नदिदाँ पनि यस्तो रोग लाग्छ र कसरी खानेकुरा शुद्ध राख्ने पानीलाई कसरी निमुलीकरण गर्ने भन्ने थाहा नहुदा यस्तो रोग लाग्ने गर्छ ।
मौसमी रुघाखोकी ज्वरो ( सिजनल इन्फ्लुएजा )
मौसमी रुघाखोकी ज्वरोले सबै उमेर समुहका व्यक्तिहरुलाई बिरामी हुने गर्दछन् यो रोगको प्रकोप नेपालका विभिन्न भुभागमा समय समयमा देखिने गर्दछन् बर्षायामको शुरु तथा जाडो यामको शुरु तथा अन्त्यमा आधरणतया मौसमी रुघाखोकी ज्वरो (सिजनल इन्फ्लुएजा) का बिरामी बढी देखिने गर्दछन् । यो रोग इन्फ्लुएजा भायरसले गराउछ ।
सर्ने तरिका
- संक्रमित व्यक्तिले मुख नछोपी खोक्दा, हाच्छियु गर्दा छिटाको माध्यमबाट
- संक्रमित व्यक्तिसंगको प्रत्यक्ष सम्पर्कबाट
- संक्रमित सरसमान जस्तै रुमाल खेलौना आदिको सम्पर्कबाट
लक्षणहरु
- ज्वरो आउने (१०० डिग्रि फरेन्हाइट वा सो भन्दा बढी )
- घाटी दुख्ने
- रुघाखोकी लाग्ने
- टाउको दुख्ने
- श्वास फेर्न गाहे हने
बच्ने उपाय
- खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक मुख पुछ्ने ।
- अनावश्यक रुपमा मानिसहरुको भिडभाडमा भएको ठाउँमा नजाने ।
- ज्वरो आएको व्यक्तिले नगुम्सिएको हावा ओहोर दोहोर हुनेकोठामा अराम गर्ने ।
- आँखा नाक तथा मुखमा अनानऋयक रुपमा हात नलैजाने ।
- ज्वरो रुघाखोकी लागेको बिरामीलाई आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य सस्थमा लैजाने ।
- शंकास्पद रोगी व्ज्यक्तिबाट सकभर टाढै रहने ।
- सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने नमस्कार गर्ने ।
- अरुले प्रयोग गरेको रुमाल कपडा प्रयोग नगर्ने ।
- साबुन पानीले मिचिमिचि हात धुन ।
- पेषिलो र झोल पदार्थ प्रशस्ता मात्रमा खाने ।
- नक मुख छोप्दा प्रयोग भएको रुमाल रामरी धोएर मात्रै प्रयोग गर्नै ।
नोट : पाँच वर्ष मुनिका बालबालिका गर्भवति महिला , ६० वर्ष भन्दा बढि उमेरका जेष्ठनागरिक तथा दिर्घरोगीहरु लाई विशेष हेरचाहाको आवश्यकता पर्दछ ।
(सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सँग गरिएको कुराकानीको आधारमा )