लितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मर्यादित बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्ने बताईन् ।
अन्तर्राष्ट्रिय महिनावारी दिवसको सन्दर्भमा आयोजना गरिएको महिनावारी मैत्री विश्व कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताईन् । मर्यादित महिनावारी बनाउनका निम्ति महिला मन्त्रालयले निर्देशिका पनि बनाएको भन्दै उनले तर त्यसलाई यथोचित रूपमा राज्यका सबै निकाय, सबै क्षेत्रमा लागू भएको अवस्था नरहेको बताईन् ।
सामुदायिक विद्यालय, कलेजहरूमा यी कुराको विशेष ध्यान दिइनुपर्ने भन्दै उनले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई कुनै पाप वा गलत कुराको रूपमा लिने प्रवृत्तिको अन्त्य गर्नका निम्ति सचेतनाका कार्यक्रम बढाउनुपर्ने बताईन् ।
कुरीतिहरूलाई चिर्नका लागि यस्ता अभियानहरूले गलत मान्यताहरूलाई परिवर्तन गर्न मद्दत पुग्ने भन्दै उनले नागरिक समाज जस्ता संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने उनले बताईन् । प्याड निर्माण गर्दा केमिकल रहित प्याडहरू निर्माण गरिनुपर्ने भन्दै उनले त्यसमा राज्यले पनि जाँच्ने संयन्त्र सक्रिय बनाउने बताईन् ।
महिनावारी भन्ने कुरा निकै संवेदनशील विषय रहेको भन्दै उहाँले त्यो समयमा महिला शारीरिकदेखि मानसिक रूपमा समेत संवेदनशील हुने भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताईन् । महिनावारी कुनै फोहर वा नकारात्मक विषय होइन भन्ने कुरा सबैतिर फैलाउन आवश्यक रहेको उनको भनाई थियो ।
महिनावारीको समयमा कार्यस्थलमा बिदाको व्यवस्था गर्नुपर्ने कुरा उठिरहेको भन्दै यस विषयमा केही न केही व्यवस्था गर्न आवश्यक रहेको समेत मन्त्री चौधरीले बताईन्। कार्यक्रम ज्ञान महर्जनको अध्यक्षतामा भएको थियो ।