दुई हडि बीचको जोड वा शरिरको चल्ने भाग जसलाई जोर्नी भनिन्छ । शरीरमा जोर्नीहरू धेरै हुन्छन् । हात र पाखुराको बीच भाग, कुम, हिपको ज्वोइन्ट, घुँडा, हातखुट्टा, औलाको बीचको भाग यि सबै जोर्नी हुन् । अहिलेको समयमा विभिन्न कारणले कुनै न कुनै खालको जोर्नीको समस्या हुने गरेको पाईन्छ ।
बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने, चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्निको समस्या देखिने गरेको हुन्छ । यस अवस्थामा जोर्नीको समस्या कम गर्न औषधि, फिजियोथेरेपी र प्रत्यारोपण गर्न सकिन्छ । कस्ता व्यक्तिलाई जोर्नी दुख्छ ? जोर्नी दुख्ने कारण के के हुन् ? कुन अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ ? र बच्न के गर्ने ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका हाड जोर्नी विशेषज्ञ डा.अमित देवसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानीमा आधारित् :
किन दुख्छ जोर्नि ?
उमेर ढल्किदै जाँदा जोर्नीको समस्या सुरु हुदै जान्छ । जोर्नी र घुँडा दुख्ने अनेकौं कारणमध्ये दुईवटा हड्डीकोबीचमा एउटा कुरकुरे हड्डी हुन्छ जुन जेलीले भरिएको हुन्छ त्यो जेलि कम हुनु र कुरकुरे हडिको बनावट घटदै जाने जसकारण दुखाई बढछ यसलाई (ओस्टियोआर्थराइटिस) पनि भनिन्छ ।
जोखिम बढाउन सक्ने प्रमुख कारण
- बढ्दो उमेर
- बंशाणुत
- महिला, विशेषगरी महिनावारी रोकिएपछि
- अधिक मोटोपन जसले गर्दा घुँडामा धेरै जोड पर्छ र हड्डी खिइन शुरु हुन्छ
- पुरानो जोर्नीको चोट र कमजोर मांसपेसी
- जिवनशैलि
जोर्नी दुखाइ लक्षण
- जोर्नी दुख्नुनै यसको प्रमुख लक्षण हो । कारण अनुसार जोर्नीको दुखाइ फरक फरक हुन्छ । धेरै जसो बिरामि दुखाई नै लिएर अस्पताल आउने गर्छन् । बढ्दो उमेरसँगै दुखाई बढदै जान्छ ।
- जोर्नीको अत्यधिक दुखाइ
- घुँडा खुम्च्याउन वा सोझो बनाउन गाह्रो हुने
- जोर्नी वा जोर्नी वरिपरि दबाउँदा दुख्ने
- घुँडाको जोर्नी लचिलो नहुनु, जसले गर्दा हिंड्न या खुट्टा चलाउन गाह्रो हुने
- कोही कोहीमा घुँडा सुन्निने ।
कस्तो अवस्थामा प्रत्यारोपण गरिन्छ ?
पहिला बिरामीको स्वास्थ्य परिक्षण गरिन्छ । समस्या के छ रु के कारणले भएको पता लगाई उपचार गरिन्छ । यदि रोग सुरुवाति अवस्थामा छ भने खाने औषधि, फिजियोथेरापी र इन्जेक्सनले निको बनाईन्छ । यसरि उपचार गर्दा पनि निको नभएको अवस्थामा जोर्नी प्रत्यारोपण गर्न सकिन्छ।
जोर्नी बिग्रोको अथवा कमजोर भएको अन्तिम अवस्थामा ती जोर्नीलाई परिवर्तन गरि कृत्रिम जोर्नी राख्नुलाई जोर्नीको प्रत्यारोपण भनिन्छ । सामान्य हिँडडुलमा तथा जोर्नीलाई भार पर्ने विभिन्न काम गर्दा वा कुनै रोगको कारण घुँडा र हिप बिग्रिएका व्यक्तिको जोर्नी प्रत्यारोपण गरिन्छ ।
जोर्नी प्रत्यारोपण कुन–कुन अंगमा गर्न सकिन्छ ?
सबैभन्दा धेरै परिवर्तन गर्ने भनेको हिप र घुँडाको जोर्नी हो। निश्चित प्रकारका जोर्नीहरुको मात्रै प्रत्यारोपण गर्न सकिन्छ।
जोर्नी प्रत्यारोपण कसरी गरिन्छ
कुनै पनि उपचार काम नलागे पछि प्रत्यारोपण गरिन्छ । जोर्नी प्रत्यारोपणको क्रममा सामान्य शल्यक्रियाको आवश्यकता पर्छ। जोर्नी प्रत्यारोपणमा मेटल प्रयोग गरिन्छ । यसमा जोर्नीको जुन भाग बिग्रोको छ त्यसलाई काटेर आवश्यक आकारमा मिलाएर कृत्रिम जोर्नी राख्ने गरिन्छ। टिबिया अर्थात् खुट्टाको हड्डी र फ्युमर ९थाईको हड्डी०मा इम्प्लान्ट अर्थात् कृत्रिम जोर्नी फिट गरिन्छ । जुन हडि तल माथि भएको छ त्यसै लाई मिलाइन्छ । प्रत्यारोपणका लागि प्रयोग हुने धातु महँगो हुने भएकोले उपचार विधि केही महँगो भने छ।
के प्रत्यारोपण गरिएको जोर्नीले पहिलेको जस्तै काम गर्छ?
प्रत्यारोपणको मुख्य उदेश्य दुखाई कम गर्नु हो । प्रत्यारोपण पछि पहिलेको जस्तै काम गर्छ तर प्राकृतिक र कृत्रिममा केहि फरक भएता पनि उपचार विधिहरुलाई राम्रोसँग पालना गरेको अवस्थामा यसले प्राकृतिक जोर्नीको जस्तै काम गर्छ। जोर्नी प्रत्यारोपण गरेको भोलिपल्ट नै वाकर वा लठ्ठीको भरमा हिंड्न सक्छन् । प्रत्यारोपणले हिँडडुल गर्न सजिलो हुने र दुःखाई कम हुन्छ। जोर्नी प्रत्यारोपणको आयु पनि लामै हुन्छ ।
यसले कति अवधिसम्म काम गर्छ ?
जोर्नी प्रत्यारोपणमा बिरामिको काम र जीवनशैलीले यसको आयु निर्धारण गर्छ । शल्यक्रिया मार्फत कृत्रिम जोर्नी राखिएको हुनाले यसको जतन गर्नुपर्ने हुन्छ । प्रत्यारोपण पछि आफ्नो जीवनशैलीमा ध्यान दिने हो भने कृत्रिम जोर्नीले २५ ९३० वर्षसम्म काम गर्न सक्छ । आफ्नो दैनिकि काम गर्न कुनै समस्या हुदैन तर प्रत्यारोपण पछि टुक्रुक्क बस्ने, दैडिने तथा पँलेटी कस्ने जस्ता काम भने गर्नु हुँदैन । कुनै कारणले चोटपटक लाग्यो, बिरामि मोटाउदै गएको अवस्थामा ध्यान दिएन भने प्रत्यारोपणको आयु कम हुदै जान्छ ।
प्रत्यारोपण पछि ध्यान दिनुपर्ने कुराहरु
- शल्यक्रिया मार्फत कृत्रिम जोर्नी राखिएको हुनाले यसको जतन गर्नुपर्छ । जीवनशैलीले प्रत्यारोपण लाई फरक पार्छ । त्यसैले प्रत्यारोपण पछि धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।
- टुक्रुक्क बस्न हुँदैन् ।
- पलेंटी कसेर बस्न हुँदैन् ।
- दैडनु हुदैन् ।
- तौल नियन्त्रण गर्ने
- नियमित समान्य एससाइज गर्ने ।
जोर्नी दुखाइ बाट बच्ने उपाय
- सबै भन्दा पहिला त जोर्नी दुख्न नदिन कुनै पनि रोग लाग्नबाट बच्नु पर्छ । जोर्नीलाई स्वस्थ राख्नको लागि सक्रिय जीवन शैली अप्नाउने, स्वस्थ खानपानमा ध्यान दिने ।
- जोर्नीमा चोटपटक लाग्नबाट बचाउने ।
- तौल नियन्त्रणमा राख्ने।
- युरिक एसिड, थाइराइड, बाथ लगायतका रोगबाट जोगिने ।
- यदि जोर्नी दुखी हाल्यो भने दुख्नुको कारण पत्ता लगाउने र समस्या देखिएमा चिकित्सककोमा जाने । चिकित्सकले भने बमोजिम औषधि सेवन गर्नुको साथै खानपानमा ध्यान दियो भने जोर्नी दुख्नबाट सहजै जोगिन सकिन्छ । अन्यथा जोर्नी दुखाई कै कारण दैनिक कार्य गर्न नसकी हिडडुल गर्न समेत नसक्ने अवस्था आउन सक्छ ।