काठमाडौँ । इशान बाल तथा महिला अस्पताल अहिले उपचार्थ बच्चाको मृत्युले तनाव ग्रस्त भएको थियो । उक्त मुत्युमा अस्पताल जिमेवार नभएको भन्दै अस्पतालले प्रेस विज्ञप्ती गरदै उक्त जानकारि दिएको छ ।
यहि जेठ ७ गते बच्चालाई ठूलो आन्द्राको धेरै भागमा नशा नभएको रोग (long segment Hirschprung's disease) भन्ने जटिल समस्या भएकोले अस्पतालमा भर्ना गरिएको बच्चाको जेठ १४ गते मृत्यु भएको थियो । यस अघि उनलाइ जन्नमेको ४ दिनमा नै नोबेल अस्पताल बिराटनगरमा रगतमा किटाणुको संक्रमण (Sepsis) हुँदा तत्कालको लागि दिशा गर्ने प्वाल पेटबाट आकस्मिक शल्यक्रिया(Emergency colastomy with serial colonic biopsy) गरिएको थियो । पछि फेरी भाउमा संक्रमण भएको थियो।
यस अस्पतालमा आउनुभन्दा पहिले नै बच्चालाई विभिन्न बाल अस्पतालहरु लगिएको र २०८१ बैशाक २५ गते बच्चाको अभिभावकहरु बच्चा नल्याई आफै प्रा.डा.रामनन्दन प्रसाद चौधरी र टिमको ओपिडीमा आएर बच्चाको रोगको सम्बन्धमा सबै जानकारी लिएको र डाक्टरले पनि गर्नुपर्ने अपरेशनको बारेमा र त्यसबाट हुनसक्ने समपुर्ण जोखिम र समस्याहरु बारे अवगत गराएको थिए । त्यसपछि जेठ ६ गते पुनः ओपिडीमा बच्चा सहित आएर अपरेशनको मिति तय गरि भर्ना हुन सल्लाह गरिएको थियो, सो बमोजिम जेठ ७ गते भर्ना भई उपचार पद्धति अनुरुप शल्यक्रिया अगाडी नै Antiobiotics सुरु गरी आन्द्रा सफा गरिएको थियो र जटिल शल्यक्रिया र त्यस क्रममा र पश्चात हुनसक्ने समस्याहरुको बारेमा लिखित पूर्ण जानकारी रमेत गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार जेठ ९ गते पेट खाली नशा नभएको ठूलो आन्द्राको करीब ८०% मात्र ४० से मी फालेर ठूलो आन्द्रालाई दिशाको प्वाल माथि जोडिएको थियो र पेटको दिशाको प्वाल पनि भन्द गरियो। Laparotomy with Resection of long Distal colon and Transanal pull through with adhenolysis of small gut with elective appendectomy under GA अपरेशन भएको थियो । अपरेशन पश्चात ३ दिनसम्म कन्याको कमश सुधार भईरहेको र दिशाको खालबाट दिशा पनि हुन् थालि सकेको बताए ।
जेठ १२ गते रातीको ११:३० बजे बच्चाको पेट फलेको हुनाले बाल रोग विशेषज्ञद्वारा surgical Team को सल्लाह बमोजिम बच्चाको उपचार राती नै सुरु भएको र बच्चाको अवस्थाको बारेमा अभिभावकलाई राती नै सम्पर्ण जानकारी गराईएको अस्पताल प्रशासनले जानकारि दिएको छ । बिहान बच्चाको उपचारको लागि बरिष्ठ बालरोग तथा पिआई सि यू बाल रोग विशेषज्ञद्वारा परामर्श गरिएको र वहांको सल्लाह बमोजिम रगतमा किटान संक्रमण Sepsis को लागि थप उपचार गरिएको र सोही दिन दिउसो २ बजे बाच्चाको अवस्था सुधार नभएको र Septic shock मा भएको हुनाले बच्चाको अभिभावकलाई surgical teams पूर्ण जानकारी गराइ बच्चालाई कृत्रिम स्वाशप्रश्वास पद्धति (Mechanical Ventilator) राखिएको थियो । ता पनि बच्चाको अवस्था नाजुक हुदै गइरहेको र बच्चालाई जटिल किटाणु संक्रमण पश्चात शरीरको विभिन्न प्रणलीहरुमा असर पर्न गई काम नगर्ने अवस्था (Severe Sepsis with septic shock with Multiorgan Dysfunction Syndrom) को लागि आवश्यक औषधीहरुको प्रयोग भएको र यस सम्बन्धी सम्पूर्ण जानकारी बच्चाको अभिभावकलाई पुनः गराईएको अस्पतालको भनाई छ ।
बेलुका ५ बजे बच्चाको अवस्था झन बिग्रिदै गएको र ५:१३ बजे बच्चाको ठूलो बुबा र हजुरआमाद्वारा जानकारी पश्चात बच्चालाई कुनै पनि थप उपचार नगर्न आग्रह गरे पछि सबै प्रकारको उपचार बन्द गरिएको थियो । सो पश्चात बच्चाको स्वत मृत्यु हुन गयो र साँझ ६ ३७ मा बच्चा मृत घोषणा गरिएको थियो र सोको जानकारी बिरामीको अभिभावकलाई गरिएको थियो । तत्पश्चात बिरामीको आफन्तले विभिन्न मिडिया बोलाई, धम्की दिई अस्पतालको वातावरण त्रसित गरिएको हुनाले प्रहरिलाई बोलाई सुरक्षा गर्नुपरेको अस्पतालले जनाएको छ । । साथै प्रहरी र अस्पताल प्रशासनको आग्रहलाई वेवास्था गरि बच्चाको प्रार्थिव शरीरलाई अस्पतालमा छोडेर गएको अस्पताल प्रशासन जानकारि दिएको छ ।
भोलिपल्ट प्रहरी अगुवाईमा पुन बैठक बसेर विभिन्न शर्तहरु राखेतापनि अन्तमा निशर्त पार्थिव शरीर बुझी लगेको जानकारी अस्पतालले गराएको छ ।