काठमाडौं । यौनिकता र प्रजनन् स्वास्थ्यकोबारेमा अपाङ्गता भएका व्यक्तिहरुमा पुर्याउनु ठुलो चुनौति रहेको सरोकारवालाहरुको भनाई रहेको छ ।
शुक्रबार आयोजित एक दिने मिडिया तथा पत्रकारहरूका लागी अपाङ्गता सचेतना सम्बन्धी कार्यशालामा बोल्दै सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तिहरुको यौनिकता र प्रजनन् स्वास्थ्यकोबारे अपाङ्गता भएका व्यक्तिहरुमा पुर्याउनु ठुलो चुनौति रहेको बताए ।
कार्यक्रममा बोल्दै राईट हेयर राइट नाउका राष्ट्रिय संयोजका राजेन्द्र श्रेष्ठले प्रजनन् स्वाथ्यका क्षेत्रमा सहकार्य र समन्वय गर्दै काम गरिरहेको बताए। उनले यौनिकता र प्रजनन् स्वास्थ्यकोबारेमा अपाङ्गता भएका व्यकतिहरुमा पुर्याउनु पनि ठुलो चुनौति रहेको जानकारि दिए । उनले बौद्धिक, अटिजम, बहूअपाङ्गता लगायत अति-सिमान्तकृत अपाङ्गता भएका बालबालिकाहरूको सिकाई आवश्यकता र पहुँच सम्बन्धमा कुनै प्रयत्न, अध्ययन तथा अनुसन्धान नभएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेत्रहीन युवा संघका सल्लाहकार कलाधर भण्डारीले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको यौनिकता र प्रजनन् स्वास्थ्यकोबारे बहस जरुरी रहेको बताएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार भएको बताउदै अपाङ्गता एउटा अवस्था भएको र यसलाई शिक्षा भौतिक संरचना र सामग्रीको सरलिकरण सहज बनाउन सकिने बताए ।
अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरू एक तिहाइ संख्या मात्र विद्यालयको शिक्षाको पहुँचभित्र छन् भने बाँकी २ तिहाइ अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरहरू अझै पनि औपचारिक शिक्षा पाउनबाट वञ्चित रहेका छन् भण्डारीले बताए ।उनले अपाङ्गतालाई प्रकृतिका आधारमा र गम्भिरताका आधारमा गरि दुई भागमा वर्गिकरण गरिने गरिएको बताए।
भण्डारीले प्रकृतिमा शारिरिक, दृष्टि, श्रवण, श्रवण-दृय्टिविहिन, वौद्वीक, स्वर बोलाइ सम्वन्धी, मनोसामाजिक अपाङ्गता, बौद्वीक अपाङ्गता, हिमोफिलिया, अटिजम तथा बहुअपाङ्गता गरि दस प्रकारका मानिएको जानकारी दिए। ुराइट वेस एप्रोचुले अधिकार र समान सहभागिताको मुद्दा उठाइरहेको उनको भनाई छ । यस अधिकारमुखी अवधाराणाले अपाङ्गता भएका व्यक्तिहरुलाईनै राज्यको विकासको मुल प्रवाहमा लानु पर्छ भन्ने रहेको उनले जानकारी दिए।
संघका कार्यक्रम अधिकृत निर श्रेष्ठले पत्रकारहरु सँग कुरा गर्दे मिडिया सँगको सहकार्य र समन्वयले अपाङ्गता भएकाहरुको फरक खालका समस्यालाई अपाङ्गता मैत्री कानुन वनाउन तथा कार्यन्वयन गराउन सहयोगी बनोस् तथा अपाङ्गताबारे समबुझाई बनोस् भन्ने अपेक्षा रहेको बताए । त्यस्तै नेत्रहीन युवा संघका कोषाध्यक्ष सुनिल मान सिंहले संस्थाको परिचय तथा नियमित कार्यक्रमबारे जानकारी दिएका थिए । उनले माध्यमिक शिक्षामा स्वास्थ्य शिक्षा अनिवार्य हुनु पर्नेमा ऐच्छिक बनाइएको भन्दै दुःख व्यक्त गरे।
यसका मुख्य चुनैतिहरु
- शिक्षकहरूमा अपाङ्गतामैत्री शिक्षण सिपको अभाव,
- सिमित शैक्षिक तथा शिक्षण सिकाई सामाग्रीहरुउपलब्ध,
- बौद्धिक तथा अटिजम भएका बालबालिकाहरुलाई यी विषयहरूको ज्ञान तथा सिप विकास गराउनको लागी पाठ्यक्रम अनुकूलन नगराइएको र कुनै सन्दर्भ सामाग्रीहरू नभएको,
- अभिभावक सचेतनाको कमी
- बृहत् यौनिकता शिक्षाका तत्वहरू र अपाङ्गता सम्बन्धी वैज्ञानिक अध्ययन अनुसन्धान नभएको,
- विदयमान सामाजिक गलत मूल्य मान्यता
- अपाङगताप्रतीको साँघुरो दृष्टिकोण
- सेवा प्रदायकहरूमा अपाङ्गता सम्बन्धमा पर्याप्त ज्ञान, दक्षता र सिप नहुनु
- बनेका कानुनहरुको कार्यान्वयन नहुनु