काठमाडौं । मानिसहरुलाई भ्रम छ कि सुर्तिजन्य पदार्थ भन्नले चुरोट मात्रै हो । तर सुर्तिजन्य पदार्थ कोही धुवाँको रुपमा हुन्छन् भने कुनै चपाएर खाने हुन्छन्। जस्तै धुवाँ को रुपमा चुरोट् आउँछ, बिडी आउँछ, सिगार, हुक्का, चिलिम हुन्छ। यस्तै मुखमा चपाएर खानेमा खैनी, गुर्ख, पानपराग हुन्छ । यि सबै सुर्तिजन्य पदार्थ हुन् । कति मानिसहरुले नाकमा नस हालेर समेत सुर्तिजन्य पदार्थको उपयोग गर्छन।
सुर्तिजन्य पदार्थले लाग्ने रोगहरु ?
सुर्तीजन्य पदार्थले हाम्रो टाउको देखी खुट्टासम्म जति अङ्ग छन् सबैमा नकारीत्मक असर गर्छ । यसले फोक्सो, मुखको क्यान्सर साथै मुटुको विभिन्न रोगहरु, डाईबिटिज, फोक्सोको विभिन्न रोगहरु, अस्थामा, ट्यूबरक्लोसिस देखी मानिसहरुले नसोचेका हरेक रोगहरु जस्तौ आँखा कम देख्ने, कान कम सुन्ने, सानो उमेरमा नै छालाहरु चाउरी परेर उमेर भन्दा बुढो देखिनु, कपाल धेरै झर्ने, हड्डिहरुमा सानो सानो प्वाल परेर सानो उमेरमै हड्डिहरु भाँचिने जस्ता समस्याहरु देखिने गर्दछन्।
सुर्तिजन्य पदार्थ सेवन गर्ने मानिसहरुको उमेर समुह कस्तो रहेको छ ?
किशोर अवस्थाका मानिसहरुले सुर्तीजन्य वस्तुको बढी प्रयोग गरेको पाईएको छ। मन्त्रालयका अनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवन १५ देखि ६९ वर्षका करिब २६ प्रतिशत सेवनकर्ता रहेको अनुमान छ ।
विश्वव्यापी रूपमा सुर्तिजन्य पदार्थको प्रयोगको कारण मृत्युदर कति रहेको छ ?
विकसित राष्ट्रमा यसको म्र्त्युदर घट्दै गईरहेको छ तर विकासशील देशहरुमा बढ्दै गएको डाटाले देखाँउछ । हरेक बर्ष ८० लाख मानिसहरुको मृत्युको कारण सुर्तिजन्य पदार्थ रहेको छ । नेपालमा आधीकारीक डाटा नभए पनि वार्षिक करिब २७ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको पाईन्छ । विश्वव्यापी रूपमा डाटा हेर्ने हो भने हरेक छ सेकेन्डमा १ जना मानिसको मृत्यु सुर्तिजन्य वस्तुको सेवनका कारण हुने गर्दछ।
नेपाल सरकारको यो सम्बन्धी कस्तो पोलिसी रहेको छ ?
- १८ बर्ष भन्दा मुनिको उमेरकोले सुर्तिजन्य पदार्थ किन्न र बेच्न नपाउने
- सार्वजनिक ठाउँमा खान नपाईने
- सुर्तीजन्य पदार्थको प्रचार प्रसार गर्न नपाईने
- सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट प्याकेजिङमा ७५ % बाट बढाएर ९० % चेतनामूलक सन्देश तथा चित्र छाप्नुपर्ने
- शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, वृद्धाश्रम आदि स्थानबाट कम्तीमा १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने।
कसरी बच्ने ?
- सर्वप्रथम सुर्तीजन्य पदार्थ खान सुरु नै नगर्ने
- यदि सुर्तिजन्य पदार्थ प्रयोग गरिरहेको छ भने सकेसम्म चाँडो छोड्ने।
- चुरोट सेवन गर्ने मानिसको नजिक नबस्ने।
(प्रा.डा.राजेन्द्र प्रसाद बरालसँगको कुराकानिमा आधारित )