महोत्तरी । ओम समाज डेन्टल हस्पिटलले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत महोत्तरीको बर्दिवास २ स्थित जन जागृति आधारभुत विद्यालयलाई शैक्षिक सामाग्रि कम्युटर र प्रिन्टर वितरण गरिएको छ ।
इन्द्र अन्नपूर्ण फाउण्डेशनको सहयोगमा बर्दिवास उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ बर्दिवासले एक कार्यक्रम गरि उक्त सामाग्रि वितरण गरेको लायन्स क्लब बर्दिवास समाजका अध्यक्ष उमेश कुमार महतोले जानकारी दिए । इन्द्र अन्नपूर्ण फाउण्डेशनबाट डा सुवास घिमिरेको सहयोगपछि विद्यालयमा २ थान कम्युटर र १ थान प्रिन्टर विद्यालयलाई प्रदान गरिएको महतोले बताए।
किताबी ज्ञान संगै प्रविधिमैत्री शिक्षा प्रदान गर्न विद्यालयले माग गरे अनुसार कम्युटर र प्रिन्टर विद्यालयलाई प्रदान गरेको इन्द्र अन्नपूर्ण फाउण्डेशनका संस्थापक,समाजसेवी तथा बरिष्ट दन्त चिकित्सक डा सुवास घिमिरेले बताए । विद्यालयको आवश्यकता मात्रै पूर्ति नभई विद्यार्थिको सिकाइमा पनि कम्युटर ज्ञान थपिने गरि विद्यालयले कम्युटरको प्रयोग गर्ने विश्वास डा घिमिरेले व्यक्ति गरे । बर्दिवासमा आवश्यक ठाँउमा आफ्नो सहयोग निरन्तर रहने पनि उनले प्रतिबद्धता जनाए । डा घमिरेले विभिन्न संघ संस्था मार्फत बर्दिवासमा सामाजिक कार्यमा सहयोग प्रदान गर्दै आएका छन् ।
विद्यालयका प्रधानाध्यापक अम्बिका प्रसाद दाहालले सहयोगको उच्च कद्र गर्दै डा घिमिरे, बर्दिवास उद्योग बाण्ज्यि संघ र लायन्स क्लब अफ बर्दिवास समाज,लायन्स क्लब अफ काठमाण्डौ इन्द्र अन्नपूर्ण योगदानलाई धन्यबाद सहितको कदर पत्र समेत प्रदान गरेका थिए । विद्यालयमा भएको एउटा कम्युटर बिग्रिएका कारण आवश्यक कार्यालयको काम गर्न र विद्यार्थिलाई कम्युटर सिकाउन शैक्षिक सामाग्रि प्राप्त भएपछि विद्यालयलाई निकै राहात मिलेको दाहालले बताए ।
बर्दिवास नगरपालिका र वडा कार्यालयले पनि विद्यालयका आवश्यक्ता पुरा गर्न र शैक्षिक गुणस्तरमा चासो दिनुपर्ने उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बताए । निजि क्षेत्रबाट आएको सहयोगले मात्रै विद्यालयको समग्र विकास सम्भव नहुने भन्दै शिक्षामा लगानि गर्न उहाँले आग्रह समेत गरे।
२०५८ सालमा स्थापना भएको विद्यालयको स्थिती धेरै राम्रो हुनु पर्ने भएता पनि अहिले सम्म स्थिति उस्तै रहनुमा विद्यालय व्यवस्थापनको कम भएको र यसलाई सुधारनमा वडाबाट आवस्यक गर्ने सहयोग गरने वडा २ का अध्यक्ष धिरेन्द्र सिंहले बताए।
विद्यालय क्षेत्र शान्त, हराभरा र सफा राख्न वक्ताहरुले विद्यालय समिति र शिक्षकहरुलाई आग्रह गरेका छन् । उक्त विद्यालयलाई हरित विद्यालय बनाउन लायन्स क्लब अफ बर्दिवास समाजले एक हप्ता अघि मात्रै विद्यालय परिसरमा वृक्षारोपण गरेका थियो ।