काठमाडौं- सुत्केरी मसला प्राय: सबैलाई मनपर्ने पोषिलो खानेकुरा हो । यसको सुगन्ध धेरैलाई मन पर्ने हुन्छ । हाम्रो समाजमा किशोर अवस्थामा यस्तो मसला धेरै खानु हुँदैन, पेटमा टाँसिन्छ’, भन्ने गरिन्छ । त्यसैले उनिहरु डरै डरमा सुत्केरी मसलाको स्वाद लिने गर्छन ।
‘सुत्केरी मसला’ महिलासँंग जोडिएको छ । त्यसैले प्रायजसो यो परिकार महिलाले खाने गर्छन् । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिनका साथै स्तनबाट दूध निकाल्न पनि यसले मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्त्वले रगतको कमी हुन दिँदैन ।
पछिल्लो समय सुत्केरी महिलाहरुले सुत्केरी मसला खान रुचाउँदैनन् । सुत्केरी मसला सूक्ष्म पौष्टिक प्रदान गर्ने खाद्यवस्तु हो ।
सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुन्छ ।
गुँदमा पाइने कार्वोहाइड्रेड, दूध, काजु, नरिवल र खुवा पनि शक्तिका स्रोत हुन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्नुको साथै रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा आवश्यक पर्ने तत्व हो । बोसो नभई शरीरमा भिटामिन 'ए' 'डी' र 'के' राम्रोसँंग घुल्दैन ।