काठमाडौं। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम ९श्वास अभ्यास०, ध्यान र नैतिक सिद्धान्त ९यम र नियम० समावेश रहेको हुन्छ । यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो । यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ । साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँदछ ।
नियमित योग अभ्यासका फाइदाहरु
तनाव कम गर्छ
योगले तनाव क मगर्ने र शरीरलाई आराम दिन्छ । योगले कोटिसोल९तनाव हर्मोन०को प्रवाहलाइृ कम गर्न सक्ने धेरै अध्ययनबाट पत्ता लागेको छ ।
चिन्तामुक्त गर्छ
धेरै अध्ययनले योगले चिन्ता कम गर्न मद्दत गर्न सक्ने बताएको छ । एक अध्ययनअनुसार, तनाव, चिन्ता कम गर्नका लागि ३४ महिलाले दुई महिनाका लागि योग कक्षा लिए । दुई महिनापछि उनीहरुमा चिन्ता कम भएको पाइयो ।
शरीर सुन्निन कम हुन्छ
योग अभ्यासले शरीर सुन्निने समस्यालाई पनि क मगर्न सकिन्छ । मांसपेशी सुन्निनु उक सामान्य प्रतिरक्षा प्रतिक्रिया हो, तर यसले क्रोनिक इन्फ्लामेशन प्रो–इन्फ्लेमेटरी रोग जस्तै, मुटु रोग, मधुमेह र क्यान्सरको विकासमा योगदान पुर्याउन सक्छ । त्यसैले योगको माध्यमबाट इन्फ्लामेशन अर्थान् सुन्निने समस्यालाई कम गरेर यी रोगबाट छुटकारा पाउन सकिन्छ ।
स्वस्थ्य मुटु
योगले मुटृको स्वास्थ्यमा सुधार गरेर मुटुसँग सम्बन्धित रोगका धेरै जोखिमका कारकलाई कम गर्नमा मद्दत गर्न सक्छ ।
शरीरलाई लचिलो बनाउँछ
शरीरलाई लचिलो र सुन्तुलित राख्नका लागि दैनिक योग गर्नुपर्छ । हालै एक विश्वविद्यालयका २६ पुरुष धावकलाई योगको १० हप्ते प्रयोग अध्ययन गरियो । सामान्य व्यक्तिको तुलनमा योग गर्ने पुरुषमा लचिलोपन र सन्तुलन बढी पाइएको थियो ।
पाचन शक्ति बलियो बनाउँछ
अल्सर, कब्ज्यितका कारण तनाव हुन्छ । यदी तपाई तनावलाई कम गर्नुहुन्छ भने तपाईले यी सबै समस्याबाट छुटकारा पाउन सक्नुहुनछ । योगले कब्ज्यतलाई कम गर्छ र सैद्धान्तिक रुपले कोलन क्यान्सरको खतरालाई पनि कम गर्छ ।
शरीरलाई ऊर्जा दिन्छ
नियमित योग गर्नाले शरीर लचिलो बन्नका साथै ऊर्जा पनि प्रदान गर्छ । योगमा एक विशेष आसन छ, जसले शक्ति बढाउने र मांसपेशीको निर्माण गर्नका लागि डिजाइन गरिएको छ ।
राम्रो निन्द्रा
दैनिक योग अभ्यासले राम्रो निन्दा लाग्नमा मद्दत मिल्छ । सन् २००५ मा गरिएको एक अध्ययनमा निन्द्रामा समस्या भएका ६९ वृद्धवृद्धालाई योगको अभ्यास गर्न लगाइयो । जसपछि उनीहरुलाई राम्रो निन्द्रा लागको थियो ।
शारीरिक दुखाई टाढा हुन्छ
पुरानो घाउबाट लाखौँ मानिस प्रभावित छन् । दुर्घटनामा लागेको चेट र जोर्नी दुख्ने आदि समस्याका कारण जिन्दगीभर दुखाई सहँदै बाच्नुपर्ने हुन्छ । अध्ययनका अनुसार, योग अभ्यासले थुप्रै प्रकारका पुरानो घाउ वा दुखाईलाई कम गर्न मद्दत मिल्छ ।
खुशीयाली जीवन
योगले धेरै व्यक्तिको जीवनको गुणात्मकतामा सुधार गरेर एक सहायक चिकित्सको रुपमा फैलिरहेको छ । एक अध्ययनमा, एक सय ३५ वरिष्ठ नागरिकलाई ६ महिनाका लागि योग गराइयो । जसको आश्चार्यजनक परिणाम आएको थियो । योगाभ्यासबाट जीवनको गुणस्तरमा सुधार भयो साथै चिन्ता तथा थकान पनि कम आएको अध्ययनमा पत्ता लागको थियो ।