काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलले सेवा विस्तार गर्दै नयाँ पाँच विभाग थप गरेको छ।
तीन दशकदेखि निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यसै हस्पिटलले आफ्ना सेवा विस्तारको अवसरमा असार २२ गते शनिवार अस्पताल परिसरमा गर्न लागेको बृहत निःशुल्क स्वास्थ्य शिविरबारे आज एक पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।
कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक तथा प्रशासनिक प्रमुख दीपकचन्द्र बरालले दिई रहेको सेवालाई निरन्तरता दिदै थप ब्लड बैंक स्थापना, हेमोडायलासिस सेवा, दन्त विभाग, नेत्र विभाग र एनआइसीयू विभागहरूको २२ गते शनिवार उद्घाटन गर्न लागेको बताए । उद्घाटनको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए ।
यो कार्यक्रमको उद्देश्य सर्वसाधरण समक्ष हाम्रा सेवाहरु पुऱ्याई समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्दै जनचेतना फैलाउनु रहेको बरालको भनाई छ । शिविरमा स्वास्थ्य परीक्षण र अन्य सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराउन लागेको उनले बताए ।
उक्त शिविरमा निःशुल्क मृगौला जाँच, आँखा र दाँतको निशुल्क परीक्षण, निःशुल्क सुगर, युरिया, क्रियाटिनिन जाँच, १५० जनालाई अल्ट्रासाउन्ड रु १०० मा प्रदान गरिने र आँखा स्वास्थ्य शिविरमा २०० वटा चश्मा निःशुल्क वितरण समेत बरालले जानकारी दिए।
साथै पहिले नाम दर्ता गराउने १० जनाको निशुल्क डायलासिस समेत रहेको उनले बताए । शिविरमा सेवा लिने चाहने इच्छुकले ईमेल, फोन तथा एसएमएस मार्फत अस्पतालमा अग्रिम नाम दर्ता गर्ने व्यवस्था गरेको जनाइएको छ।
बृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविरका प्रवक्ता डा।सुरज भुषालले शनिवार हुन लागेको निःशुल्क स्वास्थ्य शिविरमा ५०० युनिट व्ल्ड कलेक्सनको लक्ष रहेको जानकारी दिए। उनले अस्पतालले अध्याधुनिक उपकरणसहितका चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएको बताए ।
एभरेष्ट हस्पिटलले प्रदान गरने स्वास्थ्य सुविधा अर्न्तगत गरिब तथा विपन्न बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्दै आईरहेको छ । साथै जेष्ठ नागरीक तथा स्थानिय बिरामीहरुलाई विशेष छुट समेत प्रदान गर्दै आईरहेका छ । सुनिश्चित स्वास्थ्य र गुणस्तरीय सेवा नै यस अस्पतालको धर्म हो भनी संकल्प लिएर सेवा प्रदान गर्दै आईरहेको छ ।