काठमाडौं - प्रजनन स्वास्थ्य जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय हो। तर नेपालमा महिला र किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित हुन सकेको छैन। हाल नेपाल लगायत विश्वका केहि केहि देशहरुमा महामारीको रूपमा फैलिरहेको कोराना संक्रमण (कोभिड १९) का कारण महिला र किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित भइरहेका छन् ।
यो महामारीको समयमा आवश्यक र बृहत्तर यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरु जस्तै आपतकालिन गर्भनिरोधक, एन्टिरेट्रोभाइरल औषधी, सुरक्षित गर्भपतन सेवा, गर्भपतन पछि दिइने सेवाहरुको समयमै पहुँच सुनिश्चित गरिनु आवश्यक छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार महिला स्वास्थ्य सम्बन्धि केहि तथ्यहरु
नेपालमा १५ देखि ४४ उमेर समुहका महिला तथा किशोरीहरुको प्रमुख स्वास्थ्य समस्या यौन तथा प्रजनन् स्वास्थ्य हो ।
नेपालमा ६ लाख महिलाहरु पाठेघर खस्ने समस्याबाट ग्रसित छन् भने २ लाख महिलाहरुको तुरुन्त शल्यक्रिया गर्न आवश्यक छ ।
नेपालमा १५ देखि १९ बर्षका ४१ प्रतिशत किशारीहरुलाई मात्र नेपालमा गर्भपतन गर्न कानुनी मान्यता दिएको छ भन्नेबारे थाहा छ ।
हरेक बर्ष नेपालमा प्रति एक लाख जिवित जन्ममा २३९ महिलाहरुको सुत्केरी र गर्भावस्थामा मृत्यु हुने गरेको छ ।
१५ देखि ४९ बर्ष उमेर समुहका गर्भवती महिलाहरुमध्ये १६ प्रतिशत महिलाहरुले मात्र डाक्टर, नर्स, अनमी जस्ता दक्ष प्रसुतीकर्मीहरुबाट गर्भवती सेवा पाएका छन् ।
स्वास्थ्य संस्थामा महिला स्वास्थ्य सेवा प्रदायक नहुदा आफुलाई स्वास्थ्य सेवा लिन असहज महशुस हुने दुई तिहाई महिलाहरुले बताएका छन् ।
त्यस्त,ै पाँच प्रतिशत महिलाहरुले उपचारको लागी पैसाको अभाब भएर स्वास्थ्य सेवा पाइरहेका छैनन् भने ५३ प्रतिशत महिलाहरु स्वास्थ्य संस्था टाढा भएका कारणले स्वास्थ्य सेवा प्राप्त गर्नबाट बञ्चित भइरहेका छन् ।
प्रजनन् स्वास्थ्य समस्या समाधान गर्न ओरक नेपालको केहि सुझाबहरु यस प्रकार रहेका छन् ।
महिला तथा किशोरी मैत्री सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपलब्धतताको सुनिश्चीतता गरिनुपर्छ ।
सबै किशोरीहरुलाई उमेर अनुसारको तथ्य परक र अधिकारमा आधिरीत बृहत्तर यौनिकता शिक्षा प्रदान गर्नुपर्छ ।
महिला तथा किशोरीहरुमाथि हुने सबै प्रकारका लैगिक बिभेदमा आधारीत हिसा र भेदभाबको अन्त्य गरिनुपर्छ ।
सुरक्षित गर्भपतन, रोकथाम गर्न सकिने प्रजनन् स्वास्थ्य समस्याहरुको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
महिला, किशोरी, अपांगता भएका व्यक्तिहरु सबैको फरक किसीमको आवश्यकतालाई पहिचान गरी सोहि अनुरुपको यौन तथा प्रजननन् स्वास्थ्य सेवा प्रदान गरिनुपर्छ ।