काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलले सेवा विस्तार गर्दै नयाँ पाँच विभाग थप गरेको छ। तीन दशकदेखि निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस हस्पिटलले आफ्ना सेवा विस्तारको अवसरमा आज बृहत निःशुल्क स्वास्थ्य शिविरको गरेको छ ।
उक्त शिविर तथा विभागको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री प्रदिप यादवले गरेका छन्।
कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक तथा प्रशासनिक प्रमुख दीपकचन्द्र बरालले दिई रहेको सेवालाई निरन्तरता दिदै थप ब्लड बैंक स्थापना, हेमोडायलासिस सेवा, दन्त विभाग, नेत्र विभाग र एनआइसीयू विभागहरू थपिएको बताए ।
त्यसै गरि आज भएको बृहत निःशुल्क स्वास्थ्य शिविर निःशुल्क मृगौला जाँच, आँखा र दाँतको निशुल्क परीक्षण, निःशुल्क सुगर, युरिया, क्रियाटिनिन जाँच, १५० जनालाई अल्ट्रासाउन्ड रु १०० मा प्रदान गरिएको र आँखा स्वास्थ्य शिविरमा २०० वटा चश्मा निःशुल्क वितरण समेत गरिएको छ।
साथै पहिले नाम दर्ता गराउने १० जनाको निशुल्क डायलासिस समेत रहेको बरालले जानकारी दिए। आज उद्घाटन गरिएको रक्तसञ्चार केन्द्र ५०० युनिटसम्म रगत भण्डार गर्ने क्षमता रहेको उनले बताए।
एभरेष्ट हस्पिटलले प्रदान गरने स्वास्थ्य सुविधा अर्न्तगत गरिब तथा विपन्न बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्दै आईरहेको छ । साथै जेष्ठ नागरीक तथा स्थानिय बिरामीहरुलाई विशेष छुट समेत प्रदान गर्दै आईरहेका छ । सुनिश्चित स्वास्थ्य र गुणस्तरीय सेवा नै यस अस्पतालको धर्म हो भनी संकल्प लिएर सेवा प्रदान गर्दै आईरहेको छ ।