काठमाडौं । पाठेघर सृष्टिको उद्गम विन्दु हो । पाठेघरमा नै भुण्र हुर्कन्छ । पाठेघर भएकै कारण शरीरिक रुपमा पुरुषभन्दा महिला फरक हुन्छन् । पाठेघर महिलाको अस्तित्वसँग जोडिएको हुन्छ । सृष्टिको उद्गम विन्दु मानिने पाठेघर हेरचाहमा विशेष ध्यान नदिदा महिलाले जीवनभर पीडा भोग्नु पर्ने हुन्छ । पछिल्लो समय धेरै महिलाहरु पाठेघरको समस्याबाट ग्रसित छन् । पाठेघरमा के कस्ता समस्याहरु आउँछन् रु यसका कारण र पाठेघर स्वस्थ्य राख्न के कुरामा ध्यान दिने भन्ने बिषयमा स्त्री रोग बिशेषज्ञ डा दिलासा तिमल्सिनासँग गरेको कुराकानीः
१. महिलाको जिवनमा पाठेघरको महत्व कति हुन्छ ?
महिलाहरुका लागि पाठेघरको महत्व धेरै छ । पाठेघर बच्चा जन्माउनका लागी मात्र नभई महिनावारी हुनका लागी पनि आवश्यक पर्छ । पाठेघर बिना महिला स्वस्थ्य हुन सक्दैनन् । त्यसैले महिलाका लागी पाठेघर महत्वपुर्ण छ ।
सामान्यतय पाठेघरको फैलावट सात देखि आठ सेन्टिमिटर हुन्छ । महिलाले एउटा सन्तान (शिशु) जन्माएपछि पाठेघर तन्किएर अर्थात लम्बिएर नौं देखि दश से मि हुन्छ ।
२. पछिल्लो समय पाठेघरको समस्याबाट धेरै महिलाहरु ग्रसीत भएका छन् । पाठेघरमा के कस्ता समस्याहरु देखिन्छन् ?
पाठेघरको मुख, डिम्बाशय (ओभरी) र पाठेघर यि तिनवटा अंगलाई समग्रमा पाठेघर भनेर बुझिन्छ । यि तिन भागमा समस्या परे महिलालाई दुख दिने गर्दछ । पाठेघरमा देखिने केहि समस्याहरु यसप्रकार रहेका छन् ।
- पाठेघरमा अैजेरो अर्थात मासु पलाउने
- पाठेघर क्यान्सर
- डिम्बाशयमा सिस्ट (पानीको फोका) पलाउने
- डिम्बाशय ट्युमर (क्यान्सर)
- पाठेघर मुखको क्यान्सर
- सेतो पानी जाने
- पाठेघरको संक्रमण (इन्फेक्सन)
३. कुनै पनि महिलाले आफ्नो पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ? कस्ता लक्षणहरु देखिन्छन् ?
धेरैजसो महिलाले पाठेघरको काम बच्चा जन्माउने मात्र हो भनेर बुझेका हुन्छन् । त्यसैले त्यति हेरचाह गरिएको देखिदैन । कुनै पनि महिलाको पाठेघरमा समस्या आउँदा यस्ता लक्षणहरु देखिन सक्छन् ।
पाठेघर सुनिन्दा अत्याधिक पेट दुख्ने र रगत जाने जस्ता लक्षणहरु देखिन्छन् तर पाठेघर सुन्निएको छ वा छैन भनेर थाहा पाउनका लागी बिशेषज्ञसँग परिक्षण गराउनै पर्छ । त्यसका लागी भिडियो एक्सरे गरिन्छ । साथै कतिपय अवस्थामा बिशेषज्ञले योनीबाट हात हालेर पनि हेर्ने गर्छन् ।
महिनावारी भएपछि नगन्हाउने सेतो सफा पानी बग्ने समस्यालाई सामान्य मानिन्छ । तर सेतो पानी जाँदा गन्हाउँछ, योनी चिलाउँछ, फोका फोका जस्तो डावर देखिएमा त्यसलाई इन्फेक्सन भएको बुझिन्छ । इन्फेक्सनलाई उपचार गरिहाल्नुपर्छ । समयमा नै इन्फेक्सनको उपचार नगरेमा इन्फेक्सन फैलिदै गएर पाठेघरको मुखको क्यान्सर पनि हुन सक्छ । सामान्यतय पाठेघरमा समस्या भए देखिने लक्षणहरु यसप्रकार रहेका छन् ।
- समयमा महिनावारी नहुने
- महिनावारी हुदाँ अत्याधिक रगत बग्ने
- महिनावारी हुदाँ अत्याधिक पेट दुख्ने
- सेतो पानी बग्ने
- योनी चिलाउने
- यौन सम्पर्क गर्दा दुख्ने
- यौन सम्पर्क गर्दा रगत देखा पर्ने
४. महिलाको पाठेघरमा यस्ता खाले समस्याहरु के कारणले आउन सक्छन् ?
प्रायः महिलाको पाठेघरमा आउने विभिन्न समस्याका कारणहरुमध्ये केहि समान खालका हुन्छन् भने केहि अलग किसिमका हुन सक्छन्् । पाठेघरमा आउने विभिन्न समस्याका केहि कारणहरु यसप्रकार छन् ।
यौनांगको सरसफाईमा ध्यान नदिदाँ पाठेघर इन्फेक्सन हुन सक्छ । पिसाबको इन्फेक्सनबाट पनि पाठेघर इन्फेक्सन हुन सक्छ । एक भन्दा धेरै व्यक्तिसँग र कलिलो उमेरमा नै यौन सम्पर्क गर्नाले पनि पाठेघर इन्फेक्सन हुनसक्छ । कलिलो उमेरमा यौन सम्पर्क गर्दा पनि पाठेघरमा समस्या आउन सक्छ । कलिलो उमेरका महिलाको शरीर र भजाइना पनि राम्रोसँग विकास भइसकेको हुदैँन । साथै किटाणुसँग लड्नका लागी इम्युनिटि पावर ( किटाणुसँग लड्ने क्षमता) पनि कम हुन्छ । त्यसैले कहिलो उमेरमा यौन सम्पर्क गर्दा इन्फेक्सन हुने सम्भाबना उच्च हुन्छ ।
पाठेघरको तिनवटा लेयर (पत्र) हुन्छ । पाठेघर सुन्निएको भए महिनावारी गडबडि हुने गर्छ । त्यस्तै, पाठेघरमा मासु पलाएमा पनि पाठेघरको साइज ठुलो हुनुका साथै सुन्निन सक्छ ।
५. ओभरीमा सिस्ट के कारणले आउँने गर्छन् ?
सिस्ट विभिन्न प्रकारका हुने गर्छन् । महिनावारी हुदाँ हर्मोन असन्तुलन भएर सानो दुई देखि तिन सेमिको सादा पानीको सिस्ट हुन्छ । यस्तो किसिमको सिस्ट महिनावारी भएपछि सुकेर जान्छ । पाँच सेमि भन्दा कमको सिस्ट भएमा त्यति अत्तिहाल्नु पर्देन । तर सिस्टको साइज ५ सेमि भन्दा बढि छ साथै रगत जमेको छ भने उपचार गराउनुपर्ने हुन्छ । यो समस्या ओभरीमा भएका सेल्सहरु राम्रोसँग विकसित हुन नपाएर रगत जम्मा भएर हुने गर्छ ।
ओभरीमा सेल्सहरु बढिरहेको हुन्छ । असामान्य रुपमा सेल्सहरु बढेमा कपाल, दाँत, हड्डि र पानी फोकाहरु बन्छ । त्यसलाई निकाल्नु पर्छ । यस्ता सिस्टहरुलाई दबाइले सुकाउदैँन । यस्ता सिस्टहरु एक पटक निकालेपछि फेरी पलाउँदैन भन्ने हुदैँन, फेरी पलाउँन सक्छ । त्यसैले छ महिना वा एक बर्षमा एक पटक परिक्षण गराइरहनुपर्छ ।
सिस्ट ठुलो भएमा दबाइले सुकाउदैँन शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यस्ता सिस्ट निकाल्नका लागी हाल ल्याप्रोस्कोपि सर्जरी गर्न सकिन्छ । त्यस्तै कुनै सिस्टहरुमा पानीको फोका पनि हुदैन रगत जमेको पनि हुदैँन त्यहाँ कपाल, दाँत, हड्डि जमेको सिस्ट हुन्छ । यसलाई डरमोइड भनिन्छ । डरमोइड सिस्ट १० देखि २५ प्रतिशत महिलामा देखिन्छन् । यो २५ देखि ४५ बर्षको महिलामा देखिन्छ ।
पाठेघरकै इन्फेक्सन कम मात्रामा भएको पाइन्छ । धेरैजसो महिलामा पाठेघरको मुखको इन्फेक्सन हुने गर्छ । समयमा नै उपचार नगरे संक्रमण पाठेघरको मुख हुदै पाठेघरसम्म पुग्छ । इन्फेक्सन जाने बाटो बन्द भएमा पिप बन्छ । पिपलाई उपचार नगरे एबसेस बन्छ र त्यो डल्लो भएर बस्छ । एबसेसलाई पनि उपचार नगरे कुहिदै जान्छ र इन्फेक्सन फैलिन सक्छ साथै सेप्सिस पनि हुन सक्छ ।
६. धेरैजसो महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भयो भन्ने पाठेघर नै फाल्नुपर्छ भन्ने धारणा हाबि भएको पाइन्छ । पाठेघर मुखको क्यान्सर भएमा कसरी उपचार गरिन्छ ?
पाठेघरको मुखको क्यान्सर हुनै बितिकै पाठेघर फाल्नुपर्छ भन्ने हुदैँन । क्यान्सर भएको व्यक्ति कुन स्टेजमा छ ? उसको उमेर कत्ति भएको छ रु त्यसको आधारमा उपचार प्रक्रिया अगाडि बढाइन्छ । बिरामी सुरुवाती चरणमा नै पुगेको छ भने मेडिकल अर्थात औषधिले पनि व्यवस्थापन गर्न सकिन्छ । त्यस्ता बिरामीहरु सुरुमा हरेक तिन तिन महिनामा फलोअपका लागी अस्पताल जानु पर्छ । त्यसपछि बिरामीको अवस्था हेरेर छ छ महिना र बर्ष दिनको अन्तरालमा फलोअपका लागी बोलाउने गरिन्छ ।
कुनै महिलाको पाठेघरको मुखको क्यान्सर भएको छ । क्यान्सर धेरै फैलिएको छैन, उनको विवाह पनि भएको छैन वा बच्चा जन्माउने योजना भएमा पाठेघर बचाएर शल्यक्रिया गर्न सकिन्छ । यदि बच्चा जन्माउने योजना छ क्यान्सरको पनि अन्तिम चरणमा छ भने ज्यान बचाउनका लागी पाठेघर फाल्ने अवस्था पनि आउँन सक्छ । पाठेघर फाल्ने वा जोगाउने यि सबै कुराको निर्धारण बिरामीको अवस्था र उमेर हेरेर गरिन्छ ।
त्यस्तै, महिलामा दुईवटा डिम्बाशय हुन्छ । त्यसमध्ये एउटा डिम्बाशयको क्यान्सर भएको छ । क्यान्सर फैलिएको छैन भने एउटा डिम्बाशय फालेर अर्को बचाउँन सकिन्छ । यसो गर्दा भविष्यमा बच्चा जन्माउने क्षमता हुन्छ ।
क्यान्सरको शल्यक्रिया गरेपछि समय समयमा किमोथेरापी र रेडियो थेरापी पनि दिनुपर्ने हुन्छ ।
७. प्रजनन उमेरका महिलाको पाठेघर फाल्नुपरेमा महिलाको स्वास्थ्यमा कुनै प्रभाब पार्छ कि पार्देन ?
महिलाको शरीरमा डिम्बाशयले विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ । महिनावारी कहिले हुने भन्ने सबै हर्मोनले गर्दा हुन्छ । महिनावारी हुदाँ रगत बग्नका लागी पाठेघर एउटा ढोका मात्र हो । सामान्यतय महिनावारी हुदाँ ३ देखि ७ दिनसम्म रगत बग्छ ।
महिनावारी हुनका लागी डिम्बाशय हुनु जरुरी हुन्छ । डिम्बाशय नै नभए महिनावारी हुदैन । डिम्बाशय सहित पाठेघर फाल्यो भने उसको शरीरमा हर्मोन नभएर महिनावारी सुकेको महिलाको जस्तै हुन्छ । किनकि डिम्बाशयले हर्मोन उत्पादन गर्छ । हर्मोनले महिलाको शरीरको सबै कार्य गर्छ ।
त्यस्तै, प्रजनन् उमेरमा डिम्बाशय सहित पाठेघर फालेमा हड्डी कमजोर हुन्छ । सामान्य शारीरिक व्यायम गर्दा नै हड्डि भाचिने सम्भाबना धेरै हुन्छ । पाठेघर मात्र फाल्दा त्यति धेरै समस्या हुदैन तर डिम्बाशय अर्थात दुईओटा ओभरी चाहिँ बचाउनुपर्छ ।
८. पाठेघरमा आउने यि समस्याको उपचार कसरी गरिन्छ ?
पाठेघरको इन्फेक्सनको उपचार उपचार
सुरुमा पाठेघरको इन्फेक्सन कस्तो छ भनेर निक्र्रोल गर्नुपर्छ । सेतो पानी जाने समस्या छ भने कस्तो प्रकारको सेतो पानी गइरहेको छ भनेर हेर्नुपर्छ । कोहि महिलाको दहिको डल्लो जस्तो हुन्छ कोहि महिलाको सिगाँन जस्तो चिप्लो हुन्छ । त्यस्तै, बिरामीको यौनी चिलाइरहेको छ वा छैन हेर्नुपर्छ । त्यसको आधारमा दबाई ९औषधि० दिइन्छ । पाठेघरको इन्फेक्सन औषधिबाट निको पार्न सकिन्छ ।
ओभरी सिस्टको उपचार
सामान्य किसीमको सानो सिस्ट भएमा त्यसलाई केहि गर्नुपर्दैन । त्यस्ता बिरामीलाई ६ महिनापछि फलोअपलाई बोलाइन्छ । सिस्ट सुकेर गयो भने डराउनुपर्दैन । यदि सिस्ट ५ सेमि भन्दा बढेर गए उपचार गर्नुपर्छ । सिस्टमा रगत जमेको छ, त्यसको साइज सानो छ भने एण्टिबायोटिकले ठिक हुन्छ । सिस्ट ठुलो छ, बढ्दै गइरहेको छ साथैे बिरामीलाई एकदमै दुखिराखेको छ भने अर्को बिकल्प खोज्नुपर्छ । कहिलेकाहि सिस्ट बढ्दै जाँदा बटारिन्छ । जसका कारण बिरामी जटिल अवस्थामा आउँछ । त्यसैले आकस्मिक अस्पताल आउने गर्छन् । यस्तो अवस्थामा शल्यक्रिया गरेर सिस्ट निकाल्नुपर्ने हुन्छ ।
९. पाठेघरको बारेमा हरेक महिलाले जान्नैपर्ने बिषयहरु के के हुन् ?
- पाठेघरलाई महिलाले त्यति महत्व दिदैनन् । पाठेघरलाई बिशेष हेरचाह गर्नुपर्ने हुन्छ ।
- कलिलो उमेरमा बालबालिका नजन्माएको राम्रो हुन्छ ।
- बच्चा जन्माउदा पहिलो दोस्रो सन्तानको बिच जन्मान्तर राख्नुपर्छ । कम्तिमा २ देखि ३ बर्षको अन्तराल हुनुपर्छ ।
- धेरै बच्चा जन्माउँदा पनि पाठेघरमा समस्या हुन सक्छ ।
- शारीरिक सम्पर्क गर्दा कण्डमको प्रयोग गर्नुका साथै बिज्ञको सल्लाह लिनु पनि जरुरी हुन्छ ।
- योनी सरसफाइमा ध्यान दिनुपर्छ ।
- समय समयमा जनरल परिक्षणका गरिरहनुपर्छ ।
- २१ बर्ष नाघेका महिलाले पाठेघरको मुखको पानीको जाँच अर्थात प्याप स्मेर टेष्ट गराउनुपर्छ ।
- १०। पाठेघर स्वस्थ्य राख्न के कुरामा ध्यान दिनुपर्छ रु
- पाठेघर स्वस्थ राख्न हाइजिन मेन्टेन ९शारीरिक सरसफाई व्यवस्थापन० गर्नुपर्छ ।
- स्वस्थकर खानेकुरा खानुपर्छ ।
- योनी सधै सफा राख्नुपर्छ ।
- कलिलो उमेरमा ९२० बर्ष अघि० यौन सम्पर्क गर्नुहुदैँन ।
- एक भन्दा धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु हुदैन ।
- परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग गनुपर्छ । कण्डमको प्रयोगले एच आइ भि लगायत अन्य यौन संक्रामक रोगहरुबाट बचाउँछ ।