पीसीओएस महिलाहरुमा हुने एउटा आम समस्या हो । प्रत्येक दशजना मध्ये तिन जनामा यो समस्या हुने अध्ययनहरुले देखाएको छ । यो समस्या प्रजनन उमेरका महिलाहरुमा हुने गर्दछ । यसबारे समयमा सचेत नहुँदा यसले निम्त्याउने गम्भिर समस्याबाट महिलाहरु गुज्रिन बाध्य भएका छन् । कतिपय महिलालाई यो समस्याको कारण नै थाहा हुदैन तर यसले महिलाहरुमा विभिन्न समस्या निम्त्याएको हुन्छ । पीसीओएसका कारण हुनै समस्या रु यसका लक्षण रु पीसीओएस र पीसीओडीको फरक रु पीसीओएसले प्रजनन प्रणालीमा पारेको असर रु यस्तै विषयमा आधारित रहेर एन्जल फर्टिलिटी क्लिनिककि वरिष्ठ स्त्रि तथा प्रजनन प्रसुति विशेषज्ञ डा। माला श्रेष्ठ सँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
पीसीओएस भनेको के हो ?
पीसीओएस भनेको पोलिसिस्टिक ओभरियन सिन्ड्रोम हो । पोलि भनेको धेरै सिस्टिक भनेका पानीको फोका ओभरिमा धेरै पानीको फोका हुनुलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम भनिन्छ। यो रोग नभएर अन्य समस्याको लक्षण (सिन्ड्रोम) हो । यो हर्मोनको असन्तुलनका कारण हुने गर्छ । हरेक महिलामा पुरुष हर्मोन (androgen) लुकेर बसेको हुन्छ केहि कारण बस त्यो हर्मोन बढयो भने अन्य धेरै समस्या हुन्छ।
एउटा स्वस्थ महिलाको डिम्बासयबाट हरेक महिना एक/एक वटा अण्डा निस्कनुपर्छ। अण्डा पुरुषको शुक्रकिटसँग मिलन भए महिला गर्भवती हुन्छिन् तर शुक्रकिटसँग मिलन नभए सोही अण्डा फुटेर महिला महिनावारी हुन्छिन्। हरेक महिना यसरि अण्डा निस्कन्छ तर पीसीओडीमा डिम्बासयबाट अण्डा निस्किँदैन। अण्डा निस्कने ठाउँमा स–साना सिस्टहरु बन्ने हुन्छ। अण्डा ननिस्किएपछि ओभुलेसन (अण्डा निस्कने प्रक्रिया) हुँदैन। ओभुलेसन नभएपछि महिनावारी गडबडीे हुन्छ कसैमा ६ महिना बर्षदिन सम्म पनि महिनावारी नहुने समस्या हुन्छ । अण्डा परिपक्क नहुने भएकाले ओभुलेसन हुँदैन जस कारण बच्चा बस्ने सक्दैन ।
पीसीओएस र पीसीओडीमा के फरक छ ?
पीसीओएस भनेको पोलिसिस्टिक ओभरियन सिन्ड्रोम हो भने पीसीओडी भनेको पोलिसिस्टिक ओभरियन डिजिज हो। दुबै एउटै हो पहिले यसलाई डिजिजको रुपमा लिइन् थियो भने अहिले यसलाई डिजिज नभएर सिन्ड्रोमको रुपमा लिईन्छ । पीसीओएस रोग भन्दा पनि यसले अन्य विभिन्न समस्या निम्त्याउने गर्छ ।
पीसीओएसका लक्षण
- अनियमित महिनावारी हुने ।
- बच्चा नबस्ने ।
- महिनावारीमा धेरै रगत बग्ने र लामो समय सम्म रगत जाने हुन्छ भने कसै कसैमा थोरै रगत देखिने र लामो समय सम्म रगत जाने हुन्छ ।
- घाटींको पछाडि कालो दाग हुने
- अनावश्यक रुपमा मोटाउने वा कसै कसैमा धेरै दुब्लाउने पीसीओएस हुन्छ ।
- धेरै डण्डीफोर आउने ।
- शरिरका विभिन्न भागमा अनावश्यक रौंहरु आउने ।
हर्मोनल गडबडी भएपछि मुख्य समस्या महिनावारी अनियमित हुन्छ । कतिपयमा पुरुष हर्मोन बढेर आउने, अनुहार, चिउडो, छाती, पेट, तिघ्रामा रौं पलाउने गर्छ । अनुहार लगायत छालाका अन्य भागमा दाग, पोतो देखिन्छ । विवाहिता महिलामा भने अरु समस्यारुका साथै बच्चा नहुने समस्या पनि देखिन सक्छ । त्यसबाहेक, यो समस्याले गर्दा देखापर्ने अत्यधिक मोटोपनाले महिलामा मुटुरोग,मधुमेह र इन्डोमेट्रियल क्यान्सर हुने खतरा पनि बढ्छ ।
कस्तो खालको महिलामा पीसीओएस देखिन्छ ?
यदि घरमा आमा, दिदि, फुपु कसैलाई भएको खण्डमा पनि पीसीओएस हुन्छ । वंशाणुगत रुपमा यो हर्मोन एकबाट अर्कोमा आउछ । खानपान, धेरै जङफुड खाने, जिवनशैलिका कारण पनि पीसीओएस हुन् सक्छ । तर पोलिसिस्टिक ओभरी सिन्ड्रोम यो नै कारण हुन्छ भन्ने कुरा अझै अज्ञात नै छ । यो समस्याल गाँजेपछि महिलामा धेरै समस्या देखिन्छन् ।
पीसीओएस कुन उमेर समूहका महिलामा बढी देखिन्छ ?
पीसीओएस प्रय प्रजनन उमेरमा देखिन्छ । तर कोहिमा भने महिनावारी सुरु हुने समयमा नै पनि देखिन सक्छ । अहिलेको जीवनशैलि, बाहिरका खानेकुरा ‘जङफुड’हरू खाँदा त्यसले मोटोपना बढ्छ जस कारण महिलामा यो समस्या देखिएको पाईन्छ । तर मोटो महिलामा मात्र नभएर दुवलो महिलाहरुमा पनि यो समस्या उतिकै देखिएको छ ।
उपचार
हर्मोनल गडबडीकै कारण पीसीओएस हुने भएकाले हर्मोनल सन्तुलन गर्नु नै यसको पहिलो उपचार हो । यसका लागि औषधिको रुपमा हर्मोन नै दिईन्छ। पीसीओएस भएका महिलामा हर्मोनल गडबडी भइरहने भएकाले कतिपयलाई औषधि खाने बेलासम्म मात्र ठिक हुने तर नखाएपछि पुनः समस्या आउने हुन्छ। पीसीओएस ले महिलामा विभिन्न समस्या हुने भएकाले आवश्यकता र समस्याअनुसार उपचार गरिन्छ ।
पीसीओएसको समस्या बढ्नुमा मुख्य एक कारण अस्वस्थकर जीवनशैली पनि भएकाले यसलाई परिवर्तन गर्नु मुख्य समाधान हो। केही महिलाहरु महिनावारी गडबडीको समस्या लिएर आउँने गर्छन् त्यस अवस्थामा महिनावारी नियमित बनाउने औषधि दिईन्छ । कसैको अनावश्यक रौँ आउने समस्या छ, निःसन्तानपनको समस्या भए त्यसै अनुसार समस्या र आवश्यकता हेरि उपचार अगाडि बढाईन्छ । कसैलाई जीवनभर उपचारको खाँचो पर्छ भने कसैलाई उमेर बढ्दै गएपछि निको पनि हुँदै जान्छ।
पीसीओएस भएपछि ध्यान दिने कुराहरु
- हर्मोनल सन्तुलन गर्नु
- जीवनशैली परिवर्तन गर्नु
- व्यायाम गर्ने ( एक्सरसाइज गर्दा जिम नै जानु पर्छ भने छैन् जस्तै योग, पौडी, नृत्य, साइकल चलाउने गर्न सकिन्छ ) ।
- २ पटक नै दाल भात खाने बानि छ भने एक पटक खाने ।
- कम कार्बोहाइड्रेट खाने
- जङफुड नखाने ।
- धुम्रपान, मदिरा, फ्रिज ड्रिङ्क्स नगर्ने ।
उपचारपछि गर्भधानको सम्भव कति हुन्छ ?
पोलिसिस्टिक ओभरियन सिन्ड्रोमको बेलैमा उपचार गरियो भने गर्भधान हुन सक्छ । पीसीओएस भएका महिलामा अण्डा अपरिपक्क हुने भएकाले ओभुलेसन हुँदैन । ओभुलेसन नभएपछि बच्चा बस्ने सक्दैन । यो समस्या हर्मोनल गडबडीका कारण हुने भएकाले महिलाहरुलाई औषधीको सेवनसँगै शारिरिक रुपमा सक्रिय बनाइन्छ गर्भधान गराउन सकिन्छ ।
पोलिसिस्टिकको समस्या भएका महिलाको शरीरमा इन्सुलिन पैदा त भइरहेको हुन्छ तर राम्रो काम नै गरेको हुदैन जस कारण सुगर (Diabetes) बिरामि लाई दिईने औषधी दिईन्छ । हामिले खाने हरेक चिजमा चिनी हुने भएकाले इन्सुलिनले काम नगरे पछि त्यो बोसोको रुपमा जम्मा भएर बस्छ । त्यसैले महिलाहरु मोटाउदै जान्छन् । समयमै पीसीओएसका बिरामिले स्त्रि रोग विशेषज्ञ डाक्टर संग बेलैमा उपचार गराउने र उपचारको दैरान डाक्टरले भनेका कुरा ध्यान दिने र डाक्टरको सम्परकमा बस्ने हो भने गर्भधानको समस्या हुदैन् ।