काठमाडौँ । सरकारले बालबालिकालाई विशेष पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ ।
ढलमा पोलियो भाइरस भेटिएपछि साउन ९ देखि १२ गतेसम्म पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको हो । काठमाडौँको टुकुचा खोला र बागमती नदिको संगमस्थलबाट गत १३ जेठमा संकलन गरिएको ढलको नमूना परीक्षणका क्रममा परिवर्तित पोलियो भाइरस ९भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३० देखा परेपछि तीन जिल्लामा विशेष खोप अभियान सुरु गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सञ्चालन हुने जानकारी दिएको हो । टुकुचा र बागमतीको दोभानमा पोलियोको भाइरस पाइएपछि उकाठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लामा रहेका पाँच वर्षमुनिका बालबालिमा बढी जोखिम हुने भएकाले उनीहरुलाई खोप दिन लागिएको हो ।
मन्त्रालयका अनुसार ढलमा पोलियो भाइरस भेटिए पनि हालसम्म कुनै पनि व्यक्तिमा भने पोलियो भाइरस संक्रमण पुष्टि भएको छैन । यो मानिसमा पोलियो संक्रमण नभएर ढलमा भाइरस देखिएको घटना रहेको सोमबार जारी विज्ञप्तिमा भनिएको छ । पोलियोमुक्त देश घोषणा भएको १४ वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको मन्त्रालयले जानकारी दिएको छ ।
पोलियो विरुद्धका खोपहरू कुन उमेरमा लगाउनु पर्दछ ?
मुखबाट खुवाइने खोप : ओरल पोलियो भ्याक्सिन (OPV) – ३ पटक (६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा )
सुईबाट दिइने खोप : इनएक्टीभेटेड पोलियो भ्याक्सिन (IPV) – २ पटक (१४ हप्ता र ९ महिनाको उमेरमा )
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । त्यसैले, यो रोगबाट सुरक्षित गराउन आफ्ना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोपहरूको पूर्ण मात्रा लगाउनु पर्दछ ।