काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताए छन् । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुर्घटनामा परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुरेका थिए
उनले अहिले मृतकहरूको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न सङ्केतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताए । शवको पहिचान भएपनि म्याचिङ गर्न भने बाँकी छ । बिहीबार बेलुकासम्म सबैको शवको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको अस्पतालले जनाएको छ ।
मन्त्री पौडेलले भने हाम्रो हवाई सुरक्षित हुन सकेको छैन । पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले कहाँ सावधानी अपनाउने, कहाँ लापरबाही भयो पत्ता लगाउनुपर्छ।
उनले भने, ‘ हवाई यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरुमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ। प्राविधिक क्षेत्रमा टेक्निकल इरर हुनु हुँदैन । स्पष्ट मापदण्ड हुनुपर्छ। मापदण्ड पूरा भएको जहाजलाई लापरवाही गरेर उडान गर्न दिनु हुँदैन। नियमित अनुगमन गर्नुपर्छ। छानबिन समिति गठन गर्न आयोग गठन गरिएको छ।’
हवाई यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरूमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहाज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ ।
मन्त्री पौडेलले दुर्घटनामा परेको जहाजकोब्ल्याक बक्सु सुरक्षित रहेको जनाउँदै यसले वास्तविक कुरा पत्ता लगाउनमा मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने मन्त्री पौडेलको भनाइ छ ।