काठमाडौं- सुर्खेत बिरेन्द्रनगर लाटिकोइली बसोबास गर्ने हज्जु अलि एक दिन काम विशेषले प्रदेश अस्पताल क्षेत्रमा पुगे । त्यसदिन उनले अस्पताल बाहिर यात्रु कुरेर बसेका अटो चालकहरुले बिरामीहरुलाई १/२ किलोमिटर वरपर आवात जावत गरको मनलाग्दो भाडा अशुलेको देखे । यस्तो संकटको अवस्थामा चालकले बिरामीहरुबाट चर्को शुल्क असुलेको देखेर उनको मनमा चिसो पस्यो । उनलाई आर्थिक समस्यामा भएका बिरामीहरु कसरी अस्पताल आवत जावत गर्छन् होला भन्ने लाग्यो । उनले कतै आर्थिक समस्या भएकै कारण उपचार अभाबमा अकालमा मृत्युवरण गरिहनु परेको त छैन भन्ने सोच पनि आयो । यस्तै सोचहरु पछि हज्जुले आफ्नो अटोलाई एम्बुलेन्समा रुपान्तरण गर्ने सोच बनाए । हाल उनि कोभिड संक्रमित बिरामीहरुलाई सस्तो मुल्यमा (पैसा तिर्नै नसक्ने बिरामीहरुलाई सित्तैमा) ओसारपसार गरिरहेका छन् ।
२७ वर्षिय हज्जु पेशाले व्यवसायी (मोबाइल पसल सञ्चालक) हुन् । कोरोना संक्रमण बढेसँगै सुर्खेतमा पनि निशेषज्ञा जारी भयो जसले गर्दा हज्जुको पसलपनि बन्द भयो ।
पसल बाहेक उनको एउटा अटो पनि रहेछ । हाल उनि अटोलाई एम्बुलेन्समा रुपान्तरण गरी दिन रात नभनी बिरामीहरुको सेवामा खटिरहेका छन् ।
सुरुमा हज्जुले आफ्नै एउटा अटोलाई एम्बुलेन्समा रुपान्तरण गरी सेवा दिए । तर हाल साथीहरुको सहयोगमा ३ वटा अटो एम्बुलेन्सका रुपमा सञ्चालनमा ल्याइएको छ । यो संकटको समयमा हामी सहयोगी भावनाले बिरामीहरुलाई अस्पताल आवत जावत गर्नमा सहयोग गरिरहेका छौं । अलि भन्छन्,'आम्दानी भन्दा पनि कठिन परिस्थीतिसँग जुध्न हातेमालो गरौं भन्ने भावले अटो एम्बुलेन्स सेवा अगाडि बढिएका छौं।'
हज्जु जतिबेला बिरामीको फोन आउँछ त्यतिबेला नै अटो हुइकाउँछन् । उनलाई न दिनको वास्ता छ न त रातको डर । अलि भन्छन्, मलाई बिहान ५ बजे देखि राती १/२ बजे सम्म पनि फोन आउँछ । हाल सम्म उनले सय भन्दा बढि बिरामीलाई सेवा दिसकेका छन् ।
अलि बिरेन्द्रनगर मात्र नभएर धेरै टाढासम्म पनि बिरामी बोकेर जान्छन् । अलिले एक दुख लाग्दो घटना यसरी सम्झिए, केहि समय पहिला लगभग ५० वर्ष नाघेका एक जना कोरोना संक्रमितलाई उनको घरबाट गुन्द्रिसहित कर्णाली प्रदेश अस्पताल पुर्याए । उनको कोहि पनि आफन्त रहेनछन्, त्यसैले आफैले ख्याल राखे । तर उनलाई अस्पातल पुर्याउँदासम्म अक्सिजनको मात्रा धेरै कम भइसकेको रहेछ । अस्पताल पुर्याएको २ दिन पछि उनको मृत्यु भयो ।
प्रदेश अस्पतालले कहिलेकाहि कोरोनामुक्त भएकाहरुलाई बेलुका ४/५ बजे डिस्र्र्चाज गर्छ । नजिक घर भएकाहरु त सहजै घर पुग्छन् तर धेरै टाढा घर भएकाहरुलाई भने घर पुग्नै समस्या हुन्छ। उनीहरुलाई घर पुर्याउन जाँदा रातीको १२/१ बजेको पनि उनले सुनाए ।
हज्जु भन्छन्, 'छोटो समयमा धेरै मानिसहरु हाम्रो सम्पर्कमा आएका छन् । जसले गर्दा समयमा सेवा दिन अलि कठिन भइरहेको छ । उनले भने, हामीसँग तीन वटा मात्र अटो छ । अरु अटो भएका साथिहरुलाई बोलाउँदा यस्तो अवस्थामा कहाँ बिरामी बोक्ने भन्छन् । बिरामीहरुलाई अस्पताल पुर्याएर छोडेर आइहाल्ने अवस्था हुदैन । अस्पतालमा बेड नपाउन्जेल बिरामीलाई सवारी साधनमै राख्नु पर्छ । आफुले बिरामीलाई केहि नहोस् भनेर छिट्टो अस्पताल पुर्याए पनि अस्पतालमा भर्ना हुन लामो समय कुर्नुपर्दा कतै बिरामीलाई केहि हुने होकी भन्ने डर लागिरहन्छ। '
हज्जु भन्छन्,'पहिले पहिले त १२ घण्टा नै पीपीई लगायत सम्पुर्ण स्वास्थ्य सामाग्रिहरु लगाउथे तर चर्को गर्मीका कारण पुरै शरीरनै पसिनाले भिजेर आफै बिरामी भइएला जस्तो भयो । त्यसैले अहिले बिरामी बोक्दा मात्र पीपीइ लगायतका स्वास्थ्य सामाग्रीको प्रयोग गर्छु।'
उनले भने,'पहिला र हालको दिनचर्या नै बदलिएको छ। न त घर पुग्ने समयको ठेगान छ न त खाना खाने समयको । कति दिन त बिरामी बोक्दा बोक्दा भोकै पनि बसेको छु । तर पनि आत्मासन्तुष्टि मिलेको छ।'
अटोलाई एम्बुलेन्स बनाएर सेवा दिदाँ मिलेको खुसिको क्षण उनले यसरी व्यक्त गरे । रातको ११ बजिसकेको थियो बिरेन्द्रनगर एरिचोकमा बसोबास गर्ने एक व्यक्तिले फोन गरे । उनले आफ्नी श्रीमतीलाई स्वास्थ्यमा जटिलता आएकाले अस्पताल पुर्याउँन भने । त्यतिबेला भारी बर्षा भइरहेको थियो तर बिरामीको आफन्तको मलिन स्वर सम्झेर अटो लिएर हुइकिए ।उहाँलाई समयमा अस्पताल पुर्याएका कारण बचाउँन सकियो ।
मैले अस्पताल पुर्याएका धेरै बिरामीहरुको हाल स्वास्थ्यमा सुधार आएको छ त्यो सुन्दा मन फरुङ हुन्छ। तर केहि बिरामीहरुले मृत्युबरण गरेको खबर सुन्दा शरीरभरी काडा उम्रिन्छ ।
यस्तो माहामारीको समय छ सबैलाई आफ्नो शरीर र घरपरिवारको माया हुन्छ स्वभाबिक पनि हो र हुनुपर्छ पनि । त्यसैले हामीले पनि सुरक्षित भएर सहयोग गरिरहेका छौं । अली भन्छन्, 'म जस्तै युवाहरुले सुरक्षित भएर काम गर्छु भन्ने सोच राखे संकटसँग जुध्न सहज हुन्छ।, अटोलाई एम्बुलेन्स नबनाए पनि बाइक मै राखेर भएपनि बिरामीलाई अस्पतालसम्म पुर्याउँन सकिन्छ । कोरोना लागेको भनेर कसैलाई पनि छिछि दुरदुर गर्नु हँुदैन ।, संक्रमितलाई मनोबल उच्च बनाउने हौसला दिनु पर्छ ।'
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८ १७:०४