काठमाडौं । विश्व स्वास्थ्य संस्थाको तथ्यांक हेर्ने हो भने, संसारभर ठूलो संख्यामा मानिसहरू भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्यांकले देखाएको छ ।
हरेक वर्ष हेपाटाइटिस ‘बी’ र ‘सी’ लागेर लाखै मानिसको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । एचआइभी एड्स, मलेरिया, क्षयरोग जस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको शिकार बनाउने घातक रोग हो ।
कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्छ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । कलेजो क्यान्सरले मृत्यु हुने ३ मध्ये २ जनामा हेपाटाइटिस रोग हुने गर्दछ ।
हेपाटाइटिस मुख्यगरी ‘ए, बी, सी, डि र इ’ गरेर पाँच किसिमका हुने गर्दछन् ।
हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस ‘बी’ र ‘सी’लाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्यगरी बालबालिका र सीमान्तकृत समूहलाई नै बढी प्रभाव पारेको देखिन्छ ।
हेपाटाइटिस ‘बी’ लागेका ९० प्रतिशत र हेपाटाइटिस ‘सी’ भएका ८० प्रतिशत मानिसहरूलाई त आफूमा यो रोग लागेको थाहा नै हुने र अन्य व्यक्तिहरुलाई यो रोग सोरको पाइएको छ ।
हेपाटाइटिसका लक्षण
- ज्वरो आउनु
- शरीर पहेलो हुनु
- वाकवाकी, उल्टी हुनु
- खान मन नलाग्नु
- जीउ दुख्नु
- अत्याधिक थकान महसुस हुनु
- पिसाब पहेलो हुनु
- पेट दुख्नु
- शरीर चिलाउनु
- पखाला लाग्नु वा कब्जियत हुनु
हेपाटाइटिस हुनुको कारण
- रगतमा विलिरुविन बढेमा
- दुषित पानी तथा खानेकुराको सेवन गर्नाले
- सरसफाइमा ध्यान नदिनाले
- पानी , विषाक्त सुईको प्रयोग, असुरक्षित शारिरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।
त्यसमध्य हेपाटाईटिस ए र ई पानी तथा दुषित खानेकुराका कारण सर्ने गर्छ ।
रोकथामका उपाय
कुनै पनि हेपाटाइटिस रोग रगत परिक्षणद्धारा पत्ता लाग्ने गर्छ । यदी तपाईलाई हेपाटाइटिस भएको छ भने त्यसको उपचार रोगमा निर्भर हुने गर्छ । तर कुनै पनि रोग भन्दा त्यसको रोकथाम गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।त्यसको लागि विभिन्न कुरामा ध्यान दिनु जरुरी छ ।
- शरीरमा रोग लाग्न नदिने
- दुषित पानी तथा खानेकुराको सेवन नगर्ने
- खाना खानु अगाडी साबुन पानीले राम्ररी हात धुने
- सफासुघर बस्ने
- फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने
- वर्षायाम पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उबाल्ने वा उमालेको पानीको मात्र सेवन गर्ने,
- पानी उमाल्न नसकेको खण्डमा पानीमा क्लोरिनको प्रयोग गर्ने
- यदी ताई आमा बन्दै हुनुहुन्छ भने गर्भावस्थामै चिकित्सकसितको सल्लाह अनुसार हेपाटाइटिस विरुद्धको खोप लगाउने
- आफ्नो बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने