काठमाडौं । ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस ‘बि’ दीर्घकालीन संक्रमणको रुपमा देखिन्छ ।
विश्व हेपाटाइटिस दिवसका अवसरमा काठमाडौं जनस्वास्थ्य कार्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनस्वास्थ्य कार्यालयकी सुलोचना खतिवडाले वयस्कहरुमा भन्दा बच्चाहरुलाई यो भाइरसले बढी र छिटो संक्रमण गराउँने बताईन् । ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस ‘बि’ दीर्घकालीन संक्रमणको रुपमा देखिन्छ । सामान्यतया हेपाटाइटिस ‘बि ४ हप्तासम्म निको भइसक्ने यदि ६ महिनाभन्दा बढी सम्म संक्रमण देखिएमा त्यस लाई दीर्घकालीन संक्रमण हुने उनले बताईन् ।
हेपाटाइटिसका कारण हरेक बर्ष संसारमा ११ लाख मानिसको मृत्यु हुने गरेको खतिवडाले बताईन् । नेपाल सरकारले सन् २०३० सम्म हेपाटाइटिस अन्त्य गर्ने लक्ष्य लिएको छ। जसअनुसार सन् २०२१ को तथ्यांकमा नेपालमा ९१ % मानिसहरुमा हेपाटाइटिसको भ्याक्सिन लगाइएको जानकारि दिईन् ।
गर्भवती महिलाबाट बच्चामा संक्रमण हुने भएकाले महिलालाई गर्भवस्थामा हेपाटाइटिसको परीक्षण गर्नुपर्ने नियम ल्याईएको छ । गर्भवतीमा संक्रमण देखिए आवश्यक उपचार प्रदान गरिने उनले बताईन् । हेपाटाइटिस ए र इ भन्दा बी र सीको सङ्क्रमण घातक हुने गरेको उनको भनाई छ। बच्चामा हेपाटाइटिस भाइरसको दीर्घकालीन संक्रमणले २०-३० % कलेजो खराब हुने र वयस्कमा ५% मात्र दीर्घकालीन संक्रमण हुने उनले बताईन् ।
हेपाटाइटिस बि संक्रमण बच्ने मुख्य उपाए भनेको भ्याक्सिन लगाउनु हो । यो भ्याक्सिनको पहिलो मात्रा लगाएको १ महिनामा दोस्रो मात्रा र ५ महिनामा तेस्रो मात्रा लगाउनुपर्ने खतिवडाले बताईन् ।
के हो हेपाटाइटिस ?
हेपाटाइटिस भाइरसले गरेर हुने रोग हो । हेपाटाइटिस विभिन्न कारणहरुले हुने गर्द छ ।
हेपाटाइटिस मुख्यगरी ‘ए, बी, सी, डि र इ’ गरेर पाँच किसिमका हुने गर्दछन् । हेपाटाइटिस ए र इ पानी तथा दुषित खानेकुराका कारण सर्ने गर्छ । भने हेपाटाइटिस बी र सि रगत बाट सर्ने गर्छ । ‘डि’ दिगो संक्रमण हुन् सक्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट धेरै मानिस ग्रसित भएका हुन्छन् ।
हेपाटाइटिसका लक्षण
- ज्वरो आउनु
- शरीर पहेलो हुनु
- वाकवाकी, उल्टी हुनु
- खान मन नलाग्नु
- जीउ दुख्नु
- अत्याधिक थकान महसुस हुनु
- पिसाब पहेलो हुनु
- पेट दुख्नु
- शरीर चिलाउनु
- पखाला लाग्नु वा कब्जियत हुनु
हेपाटाइटिस ‘बि’ र ‘सि’ सर्ने कारण तथा बच्ने तरिकाहरु
- संक्रमित आमाबाट बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवति भएका बेलामा हेपाटाइटिस ‘बि’ र ‘सि’को परिक्षण गर्ने।
- आइभि ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढि रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुँदैन।
- रक्तदानका क्रममा सावधानी अपनाउने र हेपाटाइटिस ‘बि’ र ‘सि’को परिक्षण गरेर मात्र रक्तदान गर्ने।
- मेडिकल उपकरण तथा औजारहरुलाई निर्मलीकरण नगरी उपचार नगर्ने।
- ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई निर्मलिकरण गर्नुपर्छ।
- भ्याक्सिन लगाउने ।