काठमाडौं - दाद छालामा आउँने एक किसिमको समस्या हो । दादले छाला बाक्लो बनाउने, कत्ला पर्ने, फुस्रो हुने, चिलाउने र शरीरको अप्ठ्यारो ठाउँमा फोका आउँने गर्छ । दाद फङगस् किटाणु वा एलर्जीको कारणले हुने गर्दछ । फङगस्लाई ढुसि वा एग्जिमा पनि भनिन्छ ।
दाद एक प्रकारको सरुवा रोग हो । यसको जोखिम गर्मीयाममा बढि हुन्छ । मधुमेह तथा मिर्गौला प्रत्यारोपणको औषधि सेवन गरिरहेको व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनिहरुलाई दादको जोखिम धेरै हुन्छ ।
दाद आउँनुका कारणहरु के के हुन् ?
बालबालिकामा हुने दाद वशांणुगत र भिटामिन ए को कमिले हुने गर्दछ । यो दाद प्रायः टाउकोमा र गालामा आउँने गर्दछ । अन्य दाद गर्मीमा घामको बिकीरणले अनुहार कान, घाटिँ वा कपडाले नढाकेको ठाँउमा आउने गर्दछ ।
धातुको सामान प्रयोग गर्नाले,
खानपानका कारण हुने एलर्जीले,
साबुन, कपडा, औँठि, घडिको एलर्जीले पनि दाद आउँने गर्छ,
खानपानको एलर्जीले बेस्सरी चिलाउछँ , कनायो भने त्यहि दाद निस्कन्छ ,
भिटामिन ए (सागसब्जी) को कमीले,
सुख्खा अनुहारमा साबुनको प्रयोग गर्दा यो दाद चिलाउदैँन तर फुट्छ,
जस्तो किसीमको दाद आएपनि सुरुमा चिलाउछँ । जति चिलायो त्यति कनाउँदा छाला फाट्छँ, घाउमा नङको बिष लाग्छ र पाक्न थाल्छ । पुरानो भइसकेको दाद बाक्लो खस्रो भइसकेको हुन्छ । एलर्जीबाट भएको दाद बेस्सरी चिलाउँछ र पानीको फोका निस्कन्छ ।
कसरी सर्न सक्छ ?
किटाणुले गर्दा दाद गोलो आकारको हुन्छ । यो शरिरको अप्ठ्यारो अंगहरु जस्तैः खुट्टाको औँलाको कापमा र काखि मुनि देखिने गर्दछ । यो दाद अरुलाई सर्न सक्छ ।
दादको समस्या भएको व्यक्तिले प्रयोग गरेको कपडा, जुत्ता चप्पल, रुमाल अर्को व्यक्तिले प्रयोग गर्दा सर्ने उच्च जोखिम हुन्छ ।
शरीरमा दाद भएको व्यक्तिले स्विमिङ जादाँ, टाउकोमा खोइरो भएको व्यक्तिले प्रयोग गरेको काइयो अर्को व्यक्तिले प्रयोग गर्दा पनि सर्न सक्छ ।
कसरी बच्न सकिन्छ ?
एलर्जीबाट भएको दादबाट बच्न एलर्जी हुने सामान जस्तैः साबुनको दाद छ भने औषधियुक्त साबुनहरुको प्रयोग गर्नुहुदैँन ।
कम केमिकल भएको साबुनको प्रयोग गर्नुपर्छ ।
खुकुलो कपडा लगाउनुपर्छ,
नाइलन, पोलिस्टर, कटनको कपडाहरु लगाउनुहुदैँन,
सुतिका कपडा लगाउनुपर्छ ,
खुल्ला चप्पल लगाउनुपर्छ ,
जुत्ता लगाउदाँ कटनको मोजा लगाएर मात्र जुत्ता लगाउनुपर्छ ,
घडि चुरा लगाउदाँ दाद आयो भने मेटलको सामानहरु प्रयोग गर्नुहुदैँन ,
मेटलको एलर्जीमा प्लास्टिक वा रबरको समान प्रयोग गर्न सकिन्छ ,
कस्तो उपचार उपलब्ध छ ?
किटाणुको कारणले निस्केको दादमा औषधि सेवन गर्नुपर्छ । दादको सुरुवाती अवस्थामा मलम लगाउदाँ किटाणु मर्छ, र निको हुन्छ । दाद निस्केको लामो समय भइसक्यो र ठाँउ ठाँउमा निस्केको छ भने औषधि नै खानुपर्छ । जसमा नचिलाउने र किटाणु मार्ने औषधि सेवन गर्नुपर्छ ।
सरुवा दाद वा चिलाउने दादमा नचिलाउने मलम प्रयोग गर्दा चिलाउन कम हुन्छ, तर किटाणु झन बलियो हुन्छ । त्यसपछि औषधिले काम गर्दैन । सुरुमा सानो गोलो घेराबाट सुरु भई ठुलो घेरा ढाक्छ । त्यसमा जथाभावि मलम लगायो भने त्यसले बिकराल रुप लिन्छ ।
दाद भनेर जथाभावि मलम लगाउनुहुदैँन । छाला रोग बिशेषज्ञले मात्र किटाणुका कारण भएको दाद हो कि एलर्जिको कारणले भएको पत्ता लगाउन सक्छन् त्यसैले छाला रोग बिशेषज्ञको सल्लाह बमोजिम मलम वा औषधिको प्रयोग गर्नुपर्छ ।
एलर्जीको दादमा चिकित्सकको सल्लाह अनुसार नचिलाउने औषधि सेवन गर्दा निको हुन्छ । तर जथाभावि रुपमा मलमको प्रयोग गरेमा समस्या बढ्न सक्छ । हालको अवस्थालाई नियाल्दा औषधिले काम नगर्ने अवस्था भएपछि मात्र अस्पताल आउने गर्दछन्, जसका कारण उपचार गर्न जोखिम हुन्छ । खस्रो अनुहारमा लोसनको प्रयोग गर्नुपर्छ ।‘ भिटामिन ए’ को ट्याबलेट र हरियो साग खानुपर्छ । घाममा निस्कनु अगाडि सन्स् क्रिमको प्रयोग गर्नुपछ । समयमा नै छाला रोग बिशेषज्ञको सल्लाह बमोजिम उपचार गरे पुर्ण रुपमा निको पनि हुनसक्छ ।
यसका जोखिमहरु
एक ठाँउबाट सुरु भई पुरा शरीर नै ढाक्यो भने एकदम खतरनाक हुन्छ । शरीरको ९० प्रतिशत भन्दा बढि भागमा दाद फैलियो र छालाले गर्नुपर्ने काममा बाधा आयो भने स्किन फेल हुनसक्ने सम्भावना धेरै हुन्छ । स्किन फेल भयो विभिन्न किटाणुहरु शरिरभित्र प्रवेश गर्छन र शरिरको हरेक अंगले काम गर्न सक्दैन । जसका कारण ज्यान समेत जाने खतरा हुन्छ । यस्तो अवस्थामा अस्पतालमा नै भर्ना गरेर रगत परिक्षण गरेर इन्फेक्सनको सम्भावना, र स्किनको अवस्था हेरेर उपचार गरीन्छ ।
(प्रमुख कन्सल्टेण्ट प्रा.डा भाष्कर मोहन मेहर कायस्थ छाला तथा यौन रोग बिशेषज्ञ हुन् । )