काठमाडौं । हिन्दु महिलाहरुको महान् तीजको अवसरमा महिला श्रृजनशील केन्द्रले आगामी भदौं ७ देखी ९ गतेसम्म उद्यमी मेलाको आयोजना गर्ने भएको छ।
उक्त मेला महिला श्रृजनशिल केन्द्रको आयोजना तथा राईजिङ नेपाल प्रा।लिको व्यवस्थापनमा हुन लागेको हो । काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंकुटमा २१ औ डाबर गुलाबारी तीज फेस्टिवल श्रृजनशिल उद्यमी मेला २०८१ आयोजना हुने महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले आज आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइन्।
महिलाहरुलाई उद्यमीशील बनाउने , हाम्रो कला ,सस्कृती र परम्परालाई बचाउने लक्ष्यका साथ उक्त मेला आयोजना हुन लागेको उनले बताईन् । उक्त मेलाले महिलालाई सीपमुलक तालिम लिन अभिप्रेरित गराउनेतथा प्रविधि मैत्री वातावरणको श्रृजना गर्ने उनको दाबी थियो ।
उक्त मेलामा ७० वटा भन्दा बढी स्टलहरु रहने छन् भने जस मध्य ७ वटाभन्दा बढी स्टल असहाय,अशक्त तथा पिछडिएका क्षेत्रका महिलाहरुका लागि राखिएको छ । उक्त मेला आकर्षण भनेको घरेलु तथा हस्तकलाका सामग्रीहरु, महिला उद्यमशीलता वस्तु तथा सेवव, तीज विशेषखानाका परिकार,नि स् शुल्क स्वास्थ्य शिविर , मेहेन्दी आर्ट , हात खाली नजाने विशेष उपहार रहेका छन्। उक्त मेलामा १०,००० भन्दा बढी आगुन्तुकले अवलोकन गर्ने अपेक्षा रहेको छ।
महिला उद्यमीहरुले आफ्ना श्रृजनाहरु उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्धेश्यले श्रृजनशिल उद्यमी मेला वार्षिकरुपमा आयोजना गरिँदै आएको छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ । यो महिलाहरुको लागि व्यवसायीक सम्पर्क बढाउने माध्यमको रुपमा विगत २१ वर्षदेखि आयोजना हुँदै आएको छ । उक्त मेला १० बजे देखि ६ बजे सम्म आगुन्तुकले अवलोकन गर्ने सकिन्छ ।