काठमाडौं । हिन्दु महिलाहरुको महान् तीजको अवसरमा महिला श्रृजनशील केन्द्रले आयोजना गरेको तीज फेस्टिवल श्रृजनशिल उद्यमी मेला २०८१ भोलि देखि सुरु हुने भएको छ ।
महिला श्रृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रालि (इभेन्ट संसार) को व्यवस्थापनमा भदौं ७ देखी ९ गतेसम्म काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंकुटमा २१ औ डाबर गुलाबारी तीज फेस्टिवल श्रृजनशिल उद्यमी मेला २०८१ हुन लागेको हो।
महिलाहरुलाई उद्यमीशील बनाउने , हाम्रो कला ,सस्कृती र परम्परालाई बचाउने लक्ष्यका साथ उक्त मेला आयोजना हुन लागेको महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताईन् । तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको उनको भनाई छ । थापाले भनिन्, ‘समुदायहरुलाई सीप सिकाई उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरका रुपमा लिन सकिन्छ ।’
नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत २१ वर्षदेखि संचालन हुँदै आएको उक्त मेलामा ७० वटा भन्दा बढी स्टलहरु रहने छन् भने जस मध्य ७ वटाभन्दा बढी स्टल असहाय,अशक्त तथा पिछडिएका क्षेत्रका महिलाहरुका लागि राखिएको छ । उक्त मेला आकर्षण भनेको घरेलु तथा हस्तकलाका सामग्रीहरु, महिला उद्यमशीलता वस्तु तथा सेवव, तीज विशेषखानाका परिकार,नि स् शुल्क स्वास्थ्य शिविर , मेहेन्दी आर्ट , हात खाली नजाने विशेष उपहार रहेका छन्।
उक्त तीन दिने मेलालाई डाबर नेपालको डाबर गुलावरीले मुख्य प्रायोजन गरेको हो । मेलालाई चन्द्रागिरी नगरपालिकाले सपोर्ट गरेको छ । मेलाको प्रमुख प्रायोजकमा डाबर गुलावरी र प्रयोजकहरुमा पूजा अगरबत्ती र मनकामना दर्शन प्रा।लि। रहेका छन् । यसैगरी बेभरेज पार्टनरमा रियल जुस, रोयल बिग मास्टर्स वाइन, म्यागेजिन पार्टनरमा नारी मासिक, रेडियो पार्टनरमा रेडियो आहा रहेका छन् । त्यस्तै मेडिकल पार्टनर इसान अस्पताल, सपोर्टरमा सीताराम दूध, अमृत तेल, फच्र्यून तेल रहेका छन् भने हस्पिटालिटी पार्टनरमा अम्रपाली बैंकुट रहेको छ ।