काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो २९ वर्ष पार गरेर ३० औं वर्षमा प्रवेश गरेको छ।
१५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफ्नो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले बताए। डा चौधरीले आजको कार्यक्रमबाट आफ्ना कर्मचारीलाई उनिहरुको काम र साथले नै यहाँ सम्म पुगेको भन्दै धन्याबाद व्यक्त गरेका छन् ।
अहिले अस्पतालले आफनै सुविधा सम्पन्न अस्पतालबाट सेवा तथा क्षमता वृद्धि गर्दै बालरोग, बाल सर्जरी, बाल युरोलोजी, बाल कार्डियोलोजी, बाल नेफ्रोलाजी लगायत महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवाहरु विस्तार गर्दै लगेको उनले जनाए।
नवजात शिशु तथा बाल शल्य तथा बाल यूरोलोजी चिकित्सकको क्षेत्रमा ख्याती कमाउन यस अस्पताल सफल भएको छ।अस्पतालले चाँडै नै बच्चाहरुको बोनम्यारो प्रत्यारोपण र CT Scan सुविधा पनि शुरु गर्ने तयारी गरेको छ।
अस्पतालले हरेक दिन (शनिबार समेत) बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म जेनरल बाल रोग, नवजात शिशु उपचार सेवा, शिशु तथा बाल शल्यक्रिया र बाल युरोलोजी सेवा, बाल हाडजोर्नी सेवा, स्त्री तथा प्रसुती सेवा, बाल नाक, कान, घाँटी, बाल आँखा रोग, बाल दन्त रोग सेवा उपचार, बाल हेमाटोलोजी(अनकोलोजी उपचार, बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल इन्डोस्कोपी, कोलोनोस्कोपी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल नेफ्रोलाजी, बाल पल्मोनोलोजी सेवा दिदै आएको छ ।
निकट भविष्यमा १०० शैयाको सेवा सुबिधाहरुको लागि पूर्वाधार तयार गर्ने योजना रहेको र हाल अस्पतालमा ८७ जना विभिन्न विषयका बरिष्ठ बिशेषज्ञ चिकित्सकहरु बाट सेवा प्रदान गरि रहेको डा। चौधरीले बताए।