काठमाडौं । हरेक बिरामी अस्पताल पसेपछि उनिहरुको साथमा रहने उनिहरुको हेरचाह गर्ने स्वास्थ्यकर्मी हुन् नर्स । कोभिडको महामारी मा होस् या अन्य कुनै अवस्थामा आफ्नो जिम्मेवारीबाट पछि नहट्ने स्वास्थ्यकर्मी नर्स हुन् । संक्रमितको हेरचाह गर्दा कति बेघर भए त कति आफ्ना प्रियजनबाट अलग्गिएर बस्न् पर्यो तर जस्तोसुकै अवस्थामा पनि बिरामीको हेरचाहमा कुनै कसर बाँकि राखेनन् ।
काठमाडौमा नै जन्मिएकी अन्जु ढुंगेल सानो हुदाँ के पढ्ने भनेर सोध्दा म के बन्छु होला भन्ने सोच्थिन । अलि बुझ्ने भएपछि आफन्तको सल्लाह बमोजिम नर्स बन्ने निधो गरिन् ।
नर्स बन्न चाहने हरेक व्यक्तिमा सेवा भाव हुनुपर्छ । मेरो अभिभाबक पनि सामाजिक कार्यमा सक्तिय हुनुहुन्छ त्यसैले म पनि सानै देखि सेवा गर्ने स्वभावको थिए । एस एलसी दिनु अघि नै अनाथ आश्रममा काम गर्न थालेकी थिए । त्यहाँ बालबालिकाकोे सेवा गर्न अवसर पाए । वि स २०५८ मा एल एल सि दिए । एल एल सि दिएपछि नर्सिङ गर्ने निधो गरे । परिवारले पनि सयोग पाएपछि नर्सिङ नेपाल इन्सिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजी कलेजमा भर्ना भए ।
२००७ मा पिसिएल नर्सिङ उत्तिर्ण भए । पिसिएल गर्न त्यसबेला साढे २ लाख जति खर्च लागेको थियो । म सिटिभिटिको प्रोडक्ट हुँ । त्यसबेला मानिसहरुले सिटिभिटिको प्रोडक्ट राम्रो हुदैँनन् भन्थे । प्रोडक्ट जुनसुकै होस् आफुमा सेवा भाव र काम गर्ने इच्छाशक्ति भए पुग्छ भन्ने मलाई विश्वास थियो ।
सामाजीक कार्य गर्ने रुची भएकाले नर्सिङ गरे । यो पेशाले मलाई आत्मसन्तुष्ट्रि मिल्छ भन्ने लाग्यो । बिरामीलाई पिडादायी अवस्थामा हेरचाह गर्न पाउने सम्झदाँँ पनि मन फुरुङ हुन्छ ।
नर्सिङ पास आउट भएपछि स्यानिटरी एजुकेश प्रोजेक्टमा कोअडिनेटर भएर काम गरे । त्यसबेला अर्को प्रोजेक्टसँग समन्वय गरेर गाँउ गाँउमा गएर महिला उत्थानका लागी सिलाइबुनाई तालिम दिएका थियौं । त्यसबेला आफ्नै पहलमा महिलाको स्वास्थ्य समस्याबारे सचेतना दिने वातावरण मिलाए । साथै स्यानिटाइजेशनको गर्ने बारे पनि जानकारी दिए ।
त्यसपछि थापाथली स्थित प्रसुति गृहमा पनि काम गर्ने अवसर पाए । नेपाल सरकारले गर्भवती अवस्थामा चार पटक परिक्षण गराउँनुपर्ने भने पनि कति बिरामीहरु परिक्षण नगराई जटिल अवस्थामा अस्पतालमा आइपुगेका हुन्थे । एक गर्भवती महिला मेरो मनस्पटलमा सधैं स्मरण छिन् । उनि गर्भवती थिइन् । उनीमा उच्च रक्तचाप थियो, उनको अवस्था जटिल थियो । उनको हेरचाह गर्ने जिम्मेवारी मेरो थियो । उनको प्रसुती हुने समय नजिकिएको थियो । मनमा डर थियो उनलाई केहि हुन्छ की रु
उनी केहि दिन पछि प्रसुती भइन । उनी र उनको बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य थियो । यसरी जटिल अवस्थामा आउने बिरामी स्वस्थ्य भएर घर र्फकदाँ आत्मसन्तुष्टि मिल्छ ।
त्यस्तै अर्को, घटना, करिब ६० बर्ष जस्तो देखिने बुढि आमा दमको बिरामी थिइन् । अस्पताल आइपुग्दा उनको अवस्था एकदमै नाजुक थियो । उनी अस्पताल आउन नमानेकै कारणले उनको अवस्था यस्तो भएको उनका आफन्तले सुनाए । केहि दिनको उपचार पछि उनको स्वास्थ्यमा सुधार आयो । मेरो डिउटि साँझ थियो । उनलाई बिहान डिस्चार्ज गरिएको रहेछ, तर पनि ति आमा मलाई नभेटि नजाने अडानमा मलाई कुरेर बसेकी रहिछिन् ।
म साँझ अस्पताल पुगेपछि उनलाई बिरामी भेट्न आउँदा ल्याएका खानेकुराको पोको मेरो हातमा थमाइन्, म अचम्मित भए मैले लिन मानिन उनले मसँग दिन अरु केहि छैन यहि भएपनि राख भनेपछि मैले त्यसलाई स्विकार गरे। त्यसपछि उनी गइन् मेरो आँखा रसाए, लाग्यो कोहि आफ्नो मान्छे आफुबाट टाडिदै छ । बिरामी हेरचाह गर्दा आत्मसन्तुष्टका साथै आर्शिवाद पनि पाएको छु । त्यसैले म नर्स हो, यसमा म गर्भ गर्छु । उहाँ पनि आसु झार्दै बाहिरिनु भयो ।
मसँग शिक्षण पेशाको अनुभव पनि छ । केहि समय मैलै प्रिन्सिपलको रुपमा पनि काम गर्ने मौका पाए । एक नर्स भएर म सँग विभिन्न विधाका अनुभव छन् ।
पहिला नर्सहरु कम थिए । बर्षैनी हजारौं नर्सहरु उत्पादन भइरहेका छन् । तिनिहरुलाई सरकारले व्यवस्थापन वा परिचालन गर्न नसक्दा विदेशिन बाध्य छन् । लाखौं खर्च गरेर पढेका नर्सहरुलाई कम पारिश्रमिक दिने भएकाले उनिहरु विदेश पलाएन भएका हुन् ।
सरकारले नर्सका लागी तोकेको न्युनतम पारीश्रमिक सरकारी अस्पतालमा काम गर्ने नर्सहरुले मात्र पाइरहेका छन् । प्राइभेटमा काम गर्ने नर्सहरुको अवस्था दयनिय छ । कोहि कोहि प्राइभेट अस्पतालले मात्र सरकारले तोकेको पारिश्रमिक दिएका छन् । केहि नर्सहरु लाखौं खर्च गरेर बेरोजगार बस्नुभन्दा कम पारिश्रमिकमा भएपनि काम गरिरहेका छन् । भने कोहि पलायन भएका छन् ।
हरेक अस्पतालमा काम गर्ने नर्सहरु अस्पतालका ब्याक बोन हुन् । अस्पताल भित्र बिरामी पसेदेखि डिस्चार्ज नहुने समयसम्म उनिहरुले नै हेरचाह गर्छन् । सबै व्यक्तिको आफ्नो स्थानमा छुट्टै महत्व हुन्छ । त्यस्तै नर्स बिनाको अस्पताल पनि कल्पना गर्न सकिदैँन ।
नेपाल सरकारले पछिल्लो समय स्कुलमा नर्स पठाउने व्यवस्था ल्याएको छ । यो एक उदाहरणिय, प्रशंसा योग्य कार्य हो । स्कुल पढ्दा देखि नै बालबालिकाले स्वास्थ्य सम्बन्धि जानकारी पाए स्वास्थ्य बारे सचेत हुन्छन् ।
त्यस्तै सरकारी अस्पतालमा रिक्त रहेका नर्स कोटा दरबन्दिमा नर्स खटाइयो भने नर्सहरु विदेशिने सम्भावना कम हुन्छ । उनिहरुलाई पेशागत रुपमा सम्मान दिनुका साथै काम अनुसारको तलब दिए विदेशिने टेन्ड्र केहि हदसम्म कम हुने देखिन्छ ।
हामी हरेक दिन अस्पतालमा गएर उपचार गर्दा हरेक बिरामी हाम्रा आफन्त हुन् भनेर सेवा दिन्छौं । बिरामीको अवस्थालाई बुझेमा सेवा दिन सहज हुन्छ । हरेक नर्सले आफुले सेवा दिने बिरामीलाई आफन्त सम्झे उनिहरुले गुणस्तरिय सेवा पाउँछन् ।
नर्सको जिम्मेवारी बिरामीको उचित हेरचाह गर्नु हो । कोहि बिरामीहरुले गालि गलोच र अभद्र व्यवहार पनि गर्ने गर्छन । त्यस्तो अवस्थामा पनि नर्सहरुले आफ्नो जिम्मेवारी बहन गरिरहेका हुन्छन् । उनिहरुको व्यवहारलाई मनमा राखेर सेवामा कुनै कमी आउन दिदैनन् । हरेक बिरामीलाई समान व्यवहार गर्नु नर्सको धर्म हो र हामी यसलाई बहन गरिरहेका छौं । उपचारका लागी आएका संक्रमितको उपचार गरी निको बनाएर पठाउँदा मिल्ने आत्मसन्तुष्टि व्यक्त गरेर सकिदैन ।परिवारको समर्थनका कारण हालसम्म नर्सको रुपमा बिरामीलाई जस्तोसुकै अवस्थामा पनि हेरचाह गर्न सकेको छु ।
(नर्स अन्जु ढुङगेल संगको कुराकानिमा आधारित)