परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । तर परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् । यदि केहि समयका लागि बच्चा नजन्माउने हो भने तेहि अनुसार परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न सकिन्छ ।
गर्भनिरोधक उपाय अपनाउन नसक्दा गर्भ रहन सक्छ । यसरी सन्तानको रहर नभई वा कुनै योजना नै नभइ पनि कतिपयले बच्चा जन्माउनुपर्ने अवस्था आएको हुन्छ । हुन त अनिच्छित गर्भ रोक्नका लागि चिकित्सा विज्ञानसँग अनेकन उपाय छन् । त्यसैगरी आकस्मिक गर्भनिरोधक चक्कीहरु समेत पाइन्छन् ।
परिवार नियोजनको साधन प्रयोग गर्दा कस्तो महिलाले कति समयका लागि प्रयोग गर्ने त्यसमा भर पर्छ । पहिलो बच्चा नपाएका दम्पतिलाई परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दा भविष्यमा बच्चा बस्दैन र गर्भनिरोधक चक्की खादा क्यान्सर हुन्छ भने भ्रम रहेको हन्छ । यसले गर्दा नचाहदा नचाहदै बच्चा जन्माउनुपर्ने भएको हुन्छ । तर यो सत्य भने होइन् । अस्थायी साधन प्रयोग गर्नु अगाडि प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ परामर्श लिएर आफु लाई मिल्दो साधन प्रयोग गरे कुनै समस्या हुदैन् ।
परिवार नियोजनको अस्थायी साधन हर्मोन भएको र हर्मोन नभएको २ किसिमको हुन्छ ।
हर्मोन भएको एक किसिमको अैषधि हो । यसले हाम्रो शरिर बाट उत्पादन हुने हर्मानलाई मिलाएर डिम्बासयबाट अण्डा ननिस्किँयोस् र गर्भ नरहोस् भनेर दिईन्छ । यो छोटो समयका लागि प्रयोग गरिन्छ । हर्मोन नभएको भनाले लामो समयका लागि बच्चा नचाहनेका लागि हुन्छ । यदि नव विवाहित छन् छोटो समयका लागि बच्चा चाहदैनन् भने उनिहरुका लागि लो-डोजको गर्भनिरोधक चक्की आएका छन् त्यसको प्रयोग राम्रो हुन्छ ।
परिवार नियोजनको अस्थायी साधनहरु र यसका फाइदा र बेफाइदा
पिल्स
पिल्स चक्कीलाई दैनिक सेवन गर्नुपर्छ, छुट्टाउन मिल्दैन । नियमित रूपमा पिल्स खाएमा ‘फेलिएर’ हुने दर सबैभन्दा कम हुन्छ । राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । विशेष गरी पिल्स ४० वर्ष पछि र उच्च रक्तचापमा पिल्स खानु हुँदैन। पिल्सको साइड इफेक्ट भनेको सुरुमा वाकवाक लाग्ने, रिंगटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । लामो समयको प्रयोगमा यी समस्या सामान्य हुँदै जान्छ । साथै नियमित पिल्स खाएमा महिनावारी पनि नियमित हुन्छ ।
डिपोप्रोभेरा
डिपोप्रोभेरा तीन९तीन महिनामा दिने इन्जेक्सन हो, यसलाई तीन महिने सुई पनि भनिन्छ । यो एउटा हर्मोन तीनमहिने सुई हो । डिपो जुन सुकै उमेरमा पनि लगाउन सक्छन् । यो सबैलाई सुट नगर्ने पनि सक्छ । त्यसैले यो मासुमा दिने भएकाले सुट गरेन भने अर्को डोज दिईदैन । कसैमा पहिलो डोजमा समस्या देखिए पनि अर्को डोज पछि ठिक हुन्छ । डिपो लगाउनु अघि राम्रो संग परामर्श लिएर लगाए खासै समस्या हुदैन् । धेरैले डिपोले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउदैन । महिलाले इन्जेक्सन लगाउदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । यसको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ३–६ महिना पछि मात्र गर्भाधारण गर्न सक्छन् ।
कपरटी
लामो समयका लागि हो भने कपरटी राम्रो साधन हो र यो धेरै प्रयोग गरिने साधन पनि हो । यो एकपटक लगाएपछि १० वर्षसम्मलाई काम गर्छ । यसको प्रयोगमा खासै समस्या हुदैन् । तर प्रयोग गरेको १र२ महिना महिनावरिको समयमा पेट दुख्ने हुन्छ । भविष्यमा बच्चा बस्छ कि बस्दैन भन लाई कपरटी निकालेको भोलि पल्टबाटै गर्भ रहने सम्भावना हुन्छ ।
आकस्मिक गर्भनिरोधक चक्की
यो सम्बन्ध राखेको ७२ घण्टा भित्र खानुपर्ने हुन्छ । आकस्मिक गर्भनिरोधक चक्की भए पनि यसको रिजल्ट १०० % भने हुदैन् । कुन समयमा खाने, महिनावरि भएको कति समयमा सेवन गर्ने राम्रो संग जानकारि लिएर मात्र यसले काम गर्छ । आकस्मिक गर्भनिरोधक चक्की प्रत्येक हप्ता वा महिनामा सेवन गर्न थालियो भने यसले काम गर्दैन र स्वास्थ्यमा पनि असर पुर्याउँछ ।
परिवार नियोजनको साधनको प्रयोगले भविष्यमा बच्चा नबस्ने भने हुदैन् । कुनै पनि अस्थायी साधन प्रयोग गर्नु अगाडि प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ परामर्श लिएर आफु लाई मिल्दो साधन प्रयोग गरे कुनै समस्या हुदैन् । गर्भनिरोधका साधनमध्ये पिल्स नै बढी प्रभावकारी हुन्छ । यदि सन्तानको जन्मान्तर बढी गराउनु छ भने कपर्टी, नरप्लान्ट, डिपो इन्जेक्सन पनि लगाउन सकिन्छ ।