सुर्खेत । वीरेन्द्रनगर एरीचोकस्थित सुर्खेत अस्पतालले कन्सल्टेन्ट पेडियाट्रिसियन डा.त्रिभुवन भट्टराई बाट नवजात तथा बाल रोग (पेडियाट्रिक) सेवा सुरु गरेको छ ।
स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको सुर्खेत अस्पतालले नवजात तथा बाल रोग सम्बन्धि समस्याहरुको समाधानका लागि कान्ति बाल अस्पताल काठमाडौं बाट बिशेषज्ञता हासिल डा.भट्टराईबाट सेवा दिई रहेको छ । बिगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउँदै आएको यस सुर्खेत अस्पतालले बिरामी मैत्री भएर काम गर्दै आएको अस्पताल प्रबन्धक भक्तबहादुर शाहीले बताए ।
स्थापना कालदेखि नै गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि काम गरिरहेको यस अस्पतालले बच्चाको दमको जाच, दममा प्रयोग हुने Spirometry, बारम्बार रुघारखोकी लागिरहने समस्या, घ्यार घ्यार भइरहने, नाक बन्द भइरहने समस्या, निमोनिया तथा एलर्जीको समस्या, खाना नखाने, तौल नबड्ने, बारम्बार ज्वरो आइरहने, झाडापखाला लगिरहने, जन्डिस, अपच, कब्जियत,पेट दुख्ने र कान पाक्ने जस्ता समस्याहरु जाँच, परामर्श तथा उपचार सेवा अब डा.त्रिभुवन भट्टराई बाट दिई रहेको छ ।
यहाँका बिरामि सुर्खेत बाहिर नेपालगन्ज, काठमाडौ र भारतका विभिन्न ठाउँ जानु नपरोस भने र अस्पतालले वरिष्ठ कन्सलटेन्ट तथा सर्जन डाक्टर बाट सेवा दिदै आएको शाहीको भनाई छ । डा. भट्टराईलाई बिहान ७-८:३० देखि बेलुका ४- ५:३० सम्म सुर्खेत अस्पतालमा परामर्श लिन सकिन्छ ।