काठमाडौं । यौन रोग भन्नाले यौनसम्पर्कबाट सर्ने रोग भन्ने बुझिन्छ । यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोगलाई यौन रोग भन्न सकिन्छ ।
किटाणु वा जिवाणुले यौनअंगमा असर ९ईन्फेक्सन० गरेको हुन्छ त्यस्तो व्यक्ति सँग यौनसम्पर्क राख्दा यौनजन्य रोग सर्ने सम्भावना हुन्छ । नेपालमा प्रायः व्यक्तिमा ब्याटेरियाबाट हुने यौन रोग गोनोरीया हो । यो रोग लागेपछि पुरुषको यौनअंगबाट सेतो धातु बग्ने गर्छ भने महिलाको पनि यौनअंगबाट गन्हाउने पानी बग्ने गर्दछ ।
भिरिंगी भनेको के हो ?
भिरिंगी पनि ब्याटेरियाबाट लाग्ने विशेष किसिमको यौन रोग हो । ट्रेपोनेमा प्यालिडमका ब्याक्टेरिया नाम गरेको किटाणुबाट हुन्छ । जुन संक्रमित व्यक्तिको यौनअंगबाट नीस्किने रस र रगतमा पनि हुने गर्दछ । यो यौनजन्य क्रियाकलापबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।
लक्षण
भिंरिगी त्यस्तो किसीमको रोग हो जुन व्यक्तिलाई यसको संक्रमण हुन्छ ति सबै व्यक्तिलाई यसको लक्षण देखिन्छ भन्न सकिदैन । कतिपयमा यसको लक्षण नदेखिन पनि सक्छ । भिंरगी लागेका ५० प्रतिशत व्यक्तिमा मात्र लक्षण स्वरुप यौनअंग वरीपरी नदुख्ने घाउ आउँछ। जो आफै केहि दिनमै हराएर जान्छन् । तर किटाणु रगतमा पुग्छ र शरीरका विभिन्न भागलाई असर गर्ने गर्दछ ।
समयमै यसको उपचार नभएमा यसले आँखा, दिमाग, नसा, मुटु, हाड तथा जोर्नीहरूमा असर पार्छ र शरीरका अन्य प्रणालीहरू नै खराब पार्न सक्छ। साथै भिरिङ्गी भएकी आमाले बच्चा जन्माएमा बच्चा अन्धो वा सुस्त मनस्थितिको जन्मने सम्भावना रहन्छ भने कहिले काही मृत्यु पनि हुन सक्छ ।
भिंरिगीको किटाणु आँखामा गएर बसकोे छ भने संक्रमणबाट आँखा रातो हुने , थमिलो हुदै जाने, ज्योति कम हुने र भविष्यमा ज्योति गुम्ने समेत डर हुने गर्छ । त्यसैगरी मुटुमा यसको किटाणु छ भने पनि मुटुलाई त्यत्तिकै असर गर्ने गर्छ रगत संचालन गर्ने मुटुका धमनीहरु विस्तारै ब्लक हुदै जाने , मुटुको चाल कम हुने र भविष्यमा हर्टअट्याक आउँने खतरा समेत हुन्छ ।
बच्ने उपाय
- असुरक्षित यौन सम्पर्क नगर्ने
- कण्डमको प्रयोग गर्ने
- सकेसम्म एकजना सम्म मात्र यौन सम्पर्क गर्ने
- धेरै जना सँग यौन सम्पर्क नगर्ने
( छाला तथा यौन रोग डा लैला लामा सँग गरेको कुराकानीमा आधारित )