काठमाडौं- गाउँ घरमा हुने जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं र कतिपय थाहा पाउँदा–पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन्।
कतिपय महत्वपूर्ण जडिबुटी कौडीको भाउमा बेचेर त्यसबाट बनेका महँगो मुल्यमा औषधीहरु किन्न बाध्य छौं। आज हामी गाउँघरमा पाइने जडीबुटी लज्जावतीको बारेमा चर्चा गर्न गइरहेका छौं।
लज्जावती झारको बारे कतिपयलाई थाहा छैन होला। तर यो झार जहाँ–तही पाइने एउटा वनस्पति हो। जसलाई लज्जावती अर्थात बुहारी झार पनि भन्ने गरिन्छ। घर आगनको आसपासमा पाईने यो झार औषधिको रुपमा खाइन्छ।
यस्ता छन् लज्जावती झारका ८ औषधीय गुण
खोकीः जरालाई पिसेर घाटीमा लेप लगाउनाले खोकी ठिक गर्छ ,
मासि परेमाः तीन ग्राम चुर्ण बनाइ दहि सँग खान दिएमा रगतमासि ठिक हुन्छ ।
जन्डीसमाः यसको पातको रस पाँच देखि छ ग्राम दैनिक सेवन गरेमा जन्डीस र पाइल्स ठिक हुन्छ । र पित्त बिकार पनि हटाउँछ ।
पत्थरीमाः यसको जराको १० ग्राम लिइ क्वाथ बनाएर बिहान बेलुका खाली पेटमा पिउँन दिए पत्थरी कलेर निस्किन्छ ।
मधुमेहः मधुमेह भएमा यसका जराको काँडा बनाएर प्रतिदिन १०० ग्रामका दरले पिउँन दिएमा मधुमेह ठिक हुन्छ ।
अत्यन्त दुखेको घाउँमाः पिलो , बाघेजनै खटिरामा जरालाई घोटेर लगाउँने , जुन सुकै घाउँमा पनि लगाउँन मिल्छ ।
अन्टकोष सुनिएमाः पात पिसेर सुनिएको ठाउँमा लेप लगाउँने ।
पाठेघर साघुरोमाः स्तन कडा पार्न पात पिसेर हातले स्तनमा लगाउने र पाठेघर संकुचनको लागि पात पिसेर हालमा दल्ने अनि पाठेघरमा लगाउने ।