काठमाडौं- नानी रोयो , भोक लाग्यो , खुवाइहाल , नानीलाई नखुवाएको धेरै बेर भयो, छिटो खुवाउनु, जस्ता भनाइ हामीले प्रायः सुन्दै आइरहेका छौ । तर त्यहि नानीको आमा जसले दुध खुवाउनु पर्ने हुन्छ उसलाई कसैले पनि समयमै पोषिलो खानु पर्छ र आराम गर्नू पर्छ भन्ने गरेको सायदै सुनिदैन होला ।
हो , बच्चा बोल्न सक्दैनन् उनिहरुलाई आफैले जनानेर समय समयमा दूध खुवाउनु पर्ने हुन्छ । शिशु जन्मेदेखि कम्तीमा पनि ४ देखि ६ महिनासम्म सम्म प्रशस्तमात्रामा आमाको दूध खान पाएको खण्डमा पौष्टिक तत्व मात्र नपाई रोग प्रतिरोधात्मक शक्ति प्राप्त भई उसको सन्तुलित बृद्धि विकासमा टेवा पुग्छ । साथै यसरी शिशुले प्राप्त मात्रामा पोषिलो आहार खान पाएभने भविष्यमा यसले राम्रो प्रभाव पार्दछ ।
विश्वव्यापी मान्यताप्राप्त , सर्वगुण सम्पन्न आमाको दूधको स्रोत अर्थात आमाको पोषण , स्वास्थ्यस्तर , उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मकरुपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ । नेपालको सन्र्दभमा कुरा गर्ने हो भने त अझ स्तनपानलाई पोष्टिक र स्वास्थ्यको दुष्टिकोणबाट भन्दा पनि एक परम्परागत मान्यताको रुपमा अवलम्बन गरेको पाइन्छ । स्तनपानलाई प्राथामिकता दिँदा शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ । तर आमाको खानामा उचित ध्यान पुर्याउन नसकेमा उनको स्वाथ्यमा प्रतिकुल असर पर्न जान्छ ।
प्रायः सुत्केरी महिलामा लौहतत्व , भिटामीन 'ए' , प्रोटिनको कमी भएको अध्ययनले देखाउ छ । शिशुलाई पुर्ण पोष्टिक आहारले भरिपूर्ण बनउँनका लागि आमाको दूध अनिवार्य रुपमा खुवाउनु पर्ने हुन्छ साथै आमाको पनि विशेष ख्याल राख्नु पर्छ । सुृत्केरी अवस्थामा मात्र नभएर गर्भवती अवस्थामा समेत महिलाको दैनिकी खानपानको ध्यान दिनु पर्ने हुन्छ । जति आमाको पोषणस्तर राम्रो हुन्छ , त्यति नै गुणात्मकरुपमा शिशुले आमाको दूध प्राप्त गर्न सक्छ ।
आमाको स्वास्थ्यस्थिती राम्रो राख्न र शिशुलाई यथेष्ट दूध उपलब्ध गराउँनका लागि आमाको भोजनमा दैनिक क्यालोरी , प्रोटिन , भिटामिन, खनिज, पदार्थ थप गर्नु पर्ने हुन्छ । यसरी सुत्केरी महिलाले दैनिक मात्रामा आफ्नो खानामा यी खानेकुराहरुको समिश्राण गर्न सके शिशु र आमा दुबै स्वस्थय हुन सक्छन् ।
स्वस्थ दूध खुवाउने आमाबाट करिब ६ मिलीलिटर प्रतिदिन दूध बन्न सक्छ । आफ्नो दैनिक पोष्टिक आवश्यकता पुरा गर्न र उल्लिखित परिमाणमा दूध बन्नको लागि उनलाई दैनिक आवश्यकता बाहेक थप पोषिलो खानाको जरुरत पर्न सक्छ ।
सुत्केरी महिलाको प्रतिदिन उत्पन्न हुने दूधमा प्राप्त पौष्टिक तत्वको परिमाण यसप्रकार छः
- क्यालोरी ४२० ग्राम
- प्रोटिन ७.२ ग्राम
- क्याल्सियम २०५ मिलीग्राम
- लौहतत्व ०.७५ मिलीग्राम
- भिटामिन ए ३०० माइक्रो ग्राम
- भिटामिन 'बी' ०.१४ माइक्रो ग्राम
- फोलिर एसिड ६ माइक्रो ग्राम
शिशु जन्मदा रगत खेर जाने भएकाले यस समयमा बढी फलाम (लौहातत्व) को आवश्यक हुन्छ । तर स्तनपानको समयमा भने थप फलाम त्यति आवश्यक पर्दैन । सुत्केरी अवस्थामा गर्भवति अवस्थामा भन्दा कम फलाम भए पनि पुग्छ ।
आमाको दूधमा शिशुका लागि चाहिने सम्पूर्ण तत्वहरु रहेको हुन्छ । स्तनपान गराउँने अवस्थामा आमाको स्वास्थ्यमा पनि सकारात्मक असर परिरहेको हुन्छ । जस्तो महिलाको शरीरबाट निस्कने हर्मोन अक्सिटोक्सिनले पाठेघरको मासंपेशी खुम्च्याउने, चाडो रक्तश्राव रोक्ने, पहिलेको शरीर बनावट र तौल कायम गर्न, आमा र शिशुबीच बलियो भावनात्मक सम्बन्ध कायम राख्न पनि मद्दत गर्छ ।
गर्भवति अवस्था बाहेक सुत्केरी अवस्थामा पनि द्दरपरिवारले महिलाको विशेष ख्याल राखनु पर्ने हुन्छ ।