काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहत रहेका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशक देखि अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशक, थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशकलाई सरुवा गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका १२ औँ तहका अतिरिक्त सचिव डा। विकास देवकोटालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन्। डा। संगीता कौशल मिश्रा महानिर्देशकबाट मन्त्रालयमा गएकी छिन्।
गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुख रहेका डा। मदन उपाध्यायको सरुवा वीर अस्पतालमा भएको छ। महाशाखामा वीरमा रहेका डा। सरोज शर्मा आएका छन्। स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा। भीमप्रसाद सापकोटालाई दिइएको छ भने महाशाखाको प्रमुखमा रहेका डा। चुमनलाल दासलाई नारायणी अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी डा पवनजंग रायमाझी दिइएको छ। महाशाखामा रहेका डा श्रवण थापालाई ट्रमा सेन्टरमा सरुवा गरिएको छ। भेरी अस्पतालका निमित्त प्रमुखबाट डा। प्रकाश थापालाई हटाउँदै डा। नीराजन सुवेदीलाई प्रमुखको जिम्मेवारी दिइएको छ।
यस्तै टेकुस्थित स्वास्थ्य तालिम केन्द्रको प्रमुखमा यशोदा अर्याल आएका छन्। तालिम केन्द्रका प्रमुख डा। अनुज भट्टचनलाई सार्क क्षयरोग केन्द्रको प्रमुखमा सरुवा गरिएको छ। सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारीमा रहेकी डा। मनीषा रावललाई केन्द्रीय कारागार अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ।
कारागार अस्पतालमा निर्देशक रहेका डा प्रकाश बुढाथोकीलाई मन्त्रालयमा ल्याइएको छ। उनि अब मन्त्रालयको प्रवक्ता अनि मन्त्रालयकै हेल्थ इमर्जेन्सी एन्ड डिजास्टर मेनेज्मेन्टको प्रमुख र एचइओसिको प्रमुखको जिम्मेवारीमा रहने भएका छन्।
कोशी अस्पतालको प्रमुख मेसुमा डा रूना झा र गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा श्रीराम तिवारीले जिम्मेवारी पाएका छन्। महाशाखाका डा अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा सरूवा गरिएको छ। डा। सुधा देवकोटालाई विभाग अन्तर्गतको उपचारात्मक महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ।
डडेलधुरा अस्पतालको निमित्त प्रमुखमा डा। नरेन्द्र खनाललाई जिम्मेवारी दिइएको छ। राष्ट्रिय ट्रमा सेन्टर, गेटा अस्पताल, भरतपुर लगायतका अस्पतालका प्रमुखको सरुवा भने निस्किएन।