काठमाडौँ । निजी क्षेत्रको पहिलो नर्सिङ होमको रूपमा स्थापना भएको एभरेष्ट हस्पिटल प्रा. लि. हाल १०० शैयाको अत्याधुनिक सुविधासहितको अस्पतालका रूपमा काठमाडौँको स्वास्थ्य सेवा क्षेत्रमा एक प्रमुख स्थान हाँसिल गरेको छ। २०६० सालमा स्थापना भएको यस अस्पतालले आधुनिक चिकित्सा प्रविधि, दक्ष स्वास्थ्यकर्मी, र बिरामीप्रति सहानुभूतिपूर्ण सेवा प्रदान गर्दै स्वास्थ्य सेवा क्षेत्रमा नवीनता र उच्च गुणस्तरको प्रतिवद्धता प्रस्तुत गरेको छ।
एभरेष्ट हस्पिटलले बिरामीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकता दिंदै व्यापक र विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ । कार्डियोलोजी, अर्थोपेडिक्स, प्रसूति र स्त्रीरोग, बाल रोग, सामान्य शल्य चिकित्सा, न्युरोलोजी, मानसिक स्वास्थ्य, हेमाटोलोजी, र अन्य थुप्रै विशेषज्ञ सेवाहरू प्रदान गरि रहेको छ । हस्पिटलको सटीक निदान र प्रभावकारी उपचारका लागि अल्ट्रासाउन्ड, सीटी स्क्यान, एक्स–रे, र ल्याब परीक्षण सेवा अत्याधुनिक चिकित्सा उपकरणहरू बाट प्रदान गरि रहेको छ ।
अस्पतालको एक प्रमुख विशेषता भनेको २४ घण्टाको आपत्कालीन सेवा हो। मेडिकल आईसीयू, सर्जिकल आईसीयू, एन९आईसीयू, र डायलासिस सेवाहरूले आपतकालीन अवस्थामा बिरामीहरूको शीघ्र उपचार र आवश्यक हेरचाहको सुनिश्चितता दिन्छ। अस्पतालले बिरामीको व्यक्तिगत आवश्यकता र आरामलाई ध्यानमा राखी सुपर डिलक्स कोठा, एकल र डबल क्याबिनहरू, साथै आरामदायी साधारण वार्डहरूमा बस्ने सुविधा प्रदान गर्दछ। हस्पिटलमा दक्ष नर्सहरू, चिकित्सकहरू, र अन्य सहयोगी कर्मचारीहरू बिरामीहरूको स्वास्थ्य सुधारको लागि सधैं तत्पर छन् ।
बिरामीहरूको आवश्यकतालाई उच्च प्राथमिकता दिंदै, अस्पतालले विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। विभिन्न विशेषज्ञतामा दक्ष चिकित्सकहरूको टोलीद्वारा सञ्चालित यस अस्पतालले नेपालकै बाल रोगको प्रमुख केन्द्र ९एभमष्बतचष्अ ज्गद० को रूपमा प्रसिद्ध भएको छ । विशेष रूपमा, बाल रोग विशेषज्ञ डा। चडेश्वर महसेठको नेतृत्वमा अस्पतालले बालबालिकाका रोगहरूको सटीक निदान र प्रभावकारी उपचार गर्दै आएको छ।
यसका साथै, एभरेष्ट अस्पतालले विश्वस्तरीय स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक शल्य चिकित्सा, कान, नाक, घाँटी ९ईएनटी० शल्य चिकित्सा, न्युरो शल्य चिकित्सा, र अन्य धेरै जटिल शल्य प्रक्रियाहरू गर्दै आएको छ। अस्पतालको अत्याधुनिक मोड्युलर अपरेसन थिएटरले जटिल शल्यक्रियाहरूलाई सुरक्षित, प्रभावकारी र विश्वस्तरीय मापदण्ड अनुसार संचालन भई रहेको छ । यसका साथै, बिरामीहरूको आराम र शीघ्र स्वास्थ्यलाभका लागि अस्पतालमा विभिन्न स्तरका सुविधा सहितका कोठाहरू उपलब्ध गराएको छ।
शल्य चिकित्सा सेवामा पनि एभरेष्ट हस्पिटल अगाडि नै रहेको छ। अस्पतालमा ल्याप्रोस्कोपिक शल्य चिकित्सा, लेजर शल्य चिकित्सा, स्त्रीरोग शल्य चिकित्सा, र अर्थोपेडिक शल्य चिकित्सा जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी जटिल शल्य चिकित्सा प्रक्रियाहरू पनि सफलताका साथ गर्दै आएको छ । अस्पतालको शल्य चिकित्सा टोलीले नियमितदेखि जटिल शल्य प्रक्रियाहरूमा पर्याप्त अनुभव हासिल गरेको छ, जसले बिरामीहरूको उपचारमा उच्च गुणस्तर सुनिश्चितता रहन्छ।
एभरेष्ट हस्पिटलले बिरामीहरूको शारीरिक मात्र नभई मानसिक स्वास्थ्यलाई पनि ध्यान दिएको छ । मानसिक स्वास्थ्य सेवामा समेत अस्पतालले विशेष ध्यान दिँदै, मानसिक रोगहरूको निदान र उपचारमा सघाउने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यससँगै, अस्पतालले निःशुल्क स्वास्थ्य शिविरहरू, रक्तदान कार्यक्रमहरू र समुदायलाई लक्षित गर्दै स्वास्थ्य सचेतनाका कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ, जसले समाजमा स्वास्थ्य सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
यसका साथै, अस्पतालले स्वच्छता र आतिथ्यलाई उच्च प्राथमिकता दिन्छ । बिरामीहरूको पूर्ण सन्तुष्टिका लागि अस्पतालका सम्पूर्ण कोठा र सेवा क्षेत्रहरूमा स्वच्छता र सुरक्षा मापदण्डहरू कडाईका साथ पालना गरिन्छ। यसले बिरामी र तिनका परिवारलाई सुरक्षित र सहज वातावरणमा स्वास्थ्य सेवा प्राप्त गर्ने
अवसर प्रदान गर्दछ।
एभरेष्ट हस्पिटल प्रा. लि. ले बिरामीहरूको हेरचाहमा उत्कृष्टताको प्रतिबद्धता राख्दै, समुदायको चिकित्सा आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्दै आइरहेको छ। दयालु र समर्पित स्वास्थ्य सेवा प्रणाली मार्फत बिरामीहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै, यस अस्पतालले काठमाडौँमा एक विश्वसनीय र सम्मानित स्वास्थ्य संस्थानका रूपमा स्थापित भएको छ। यस अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवामा आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ गर्दै, नयाँ प्रविधिहरू र सेवाहरूलाई समावेश गर्दै, बिरामीहरूको स्वास्थ्यमा समर्पित रूपमा सेवा प्रदान गर्दै आइरहेको छ।