काठमाडौं । जावलाखेल बाट सेवा दिँदै आएको लेजर थेरापी क्लिनिक लगनखेल बटुक भैरव जाने बाटोमा सरेको छ।
नेपालमै पहिलो पटक बिना अप्रेशन ४०० भन्दा बढी रोगको उपचार लेजर थेरापी क्लिनिक हुदै आएको छ। बिगत २५ वर्ष अघि रसियामा अध्ययन सकेर फर्केकी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा सुशीला वैद्यले त्यो बेलादेखि नै नेपालमा लेजर थेरापी सुरु गरेकी हुन् । डा.वैद्यका अनुसार सस्तो,सजिलो र छिटो उपचार दिन सकिने लेजर थेरापीको विस्तारमा विश्व स्वास्थ्य संगठनले आवश्यक निर्देशन, परामर्श र सचेतना विश्वलाई बाँडे पनि अल्पविकसित र अविकसित देशहरूमा यस्को खासै धेरै विस्तार हुन सकेको छैन । लेजर थेरापीमा सायदै नेपालमा एकमात्र अब्बल डा वैद्य छिन्।
लामो समय देखि जावलाखेल बाट सेवा दिँदै आएको लेजर थेरापी क्लिनिक लगनखेलमा सरेको हो । लेजर थेरापी क्लिनिकले जावलाखेलमा मात्र नभई पहिले पुतलीसडक, न्युरोड, ढल्को लगायतका क्षेत्रमा आफ्ना शाखाहरु खोलेर सेवा दिएको थियो । तर अब सबै ठाँउका शाखाहरुलाई एकीकृत गरि अत्याधुनिक सुविघा सहित लगनखेलबाट विशिष्टकृत रुपमा सेवा दिन थालिएको छ ।
डा. सुशीला वैद्यले चिकित्सक बन्नकालागि परिवार तथा उनका श्रीमान् कार्डियाक सर्जन डा. प्रेमराज वैद्यको साथ र सहयोग बिना संम्भव नरहेको उनि बताउ छिन् । उनले विरामीहरुलाई सहज सेवासंगै थप सुविधाका लागि लगनखेलबाट सेवा प्रारम्भ गरिएको बताईन् । डा. प्रेमराज वैद्यले आफनो श्रीमतिले गरेको परिश्रम र प्रगतिको सरहाना गर्दै खुशि व्यक्त गरे ।
लेजर थेरापी के हो ?
थेरापी भन्ने बित्तिकै एउटा उपचारको प्रविधि भन्ने बुझिन्छ। लेजर मेसिनबाट लेजर विकिरण नानोमिटरमा निस्किन्छ। लेजरको विकिरणलाई आँखाले देख्न सक्दैनौँ। यो विकिरणबाट निस्केको तातो अथवा चिसो महसुस पनि गर्न सक्दैनौँ। लेजर बाट बिना अप्रेशन ४०० भन्दा बढी रोगको उपचार गर्न सकिन्छ ।
लेजर थेरापी कसरी काम गर्छ ?
लेजर थेरापीले बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन काम गर्छ । लेजर विकिरण शरीरमा ४र६ सेन्टिमिटर भित्र गएर निष्क्रिय भएर बसेका कोषिकालाई सकृया बनाउने गर्दछ । कोषिकाहरू अशक्त भन्नाले सुन्निनु, रक्त सञ्चालन कम हुनु, अक्सिजन र खाद्य पदार्थको कमी हुनु र संक्रमण हुनु तथा चोट लाग्नु हो। लेजर विकिरणले रक्तनली सुन्निएको भएमा सुकाउँछ भने सुकेका, बन्दभएका रक्तनलीलाई खुलाउने काम गर्दछ।
त्यो विकिरण छालाको माध्यमबाट भित्रि अंगसम्म ६ सेन्टी मिटरसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ। यसको कुनैपनि नकरात्मक असर छैन र यो २०० प्रतिसत बढी प्रभावकारी रहेको छ । तर गर्भवती,आँखाका बिरामी र क्यान्सर रोगका बिरामी लाई भने लेजर थेरापी पद्दतिबाट उपचार गरिदैन ।