काठमाडौं । बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन यही असोज १५ र १६ गते काठमाडौंमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को नेतृत्वमा बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्क ९क्याम्सन०ले दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो ।
सम्मेलन संयोजनक तथा वरिष्ठ बाल मानसिक रोग विशेषज्ञ डा. अरुण राज कुँवरले बालबालिका तथा किशोर/किशोरीको मानसिक स्वास्थ्य क्षेत्रमा अनुसन्धान, निश्कर्षहरु, नवीन दृष्टिकोण र सफलता आदान–प्रदान गर्ने, बालबालिका तथा किशोर–किशोरीको लागि मानसिक स्वास्थ्य सेवाहरु ऋभिबृद्धि गर्ने सम्वन्धित क्षेत्रमा काम गर्ने निकायहरु वीच सहकार्यलाई बढावा दिने, युवाहरुको लागि मानसिक स्वास्थ्य हेरचाह पहुँच चुनौती र अवरोधहरु संबोधन गर्ने राष्ट्रिय र क्षेत्रीय एजेण्डामा बालबालिका तथा किशोर–किशोरीहरुलाई मानसिक स्वास्थ्य प्राथमिकता दिने सम्मेलनको मुख्य उद्देश्यहरु रहेको बताए ।
डा कुँवरले बालबालिका तथा किशोर/किशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै यसको समाधानका लागि सबै मिलेर के कस्ता कार्यक्रम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गर्न लागेको बताए । यस सम्मेलनमा २५० भन्दा बढी विज्ञहरुको उपस्थिती रहने उनले जानकारि दिए । सम्मेलनमा विभिन्न वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने र मानसिक स्वास्थ्यमा देखिएका समस्या एवं त्यसको सामाधानको उपाय खोजिने उनले बताए ।
नेपालमा यो सम्मेलन तेस्रो पटक आयोजना हुन लागेको हो। यसअघि ईडीसीडीकै आयोजनामा पहिलो पटक सन् २०१८ मा र दोस्रो सम्मेलन २०२२ मा सम्पन्न भएको थियो।
उक्त सम्मेलनले विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोर/किशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उनले जानकारि दिए । उनका अनुसार सम्मेलनबाट मानसिक स्वास्थ्य सुधारमा सरकारले चाल्नुपर्ने कदमबारे छलफल हुनेछ ।