विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले आइतबार विराटनगरमा सचेतना रयाली गरेको छ । आइतबार विहान न्युरो अस्पताल विराटनगरको प्रांगणबाट शुरु भएको रयाली सिद्धार्थ चौक, अस्पताल चौक, जिल्ला प्रशासन चौक, गोल्छा चौक, ट्राफिक चौक, महेन्द्र चौक, सन्सारी माइस्थान हुदै पुन न्युरो अस्पतालमा आइ समापन भएको थियो ।
उक्त रयालिमा न्युरो अस्पतालका अध्यक्ष डा। बिरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक डा। अनिशा बिष्ट , अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराई, मुटु रोग विशेषज्ञ डा। राजन कर्ण लगायत न्युरो अस्पतालमा कार्यरत चिकित्सकहरु, नर्सिगं स्टाफ, अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । २०० भन्दा बढी सहभागीहरुले रयालीमा वजन घटाऔ, मुटु बचाऔ, तनाब हटाऔ, मुटु बचाऔ, व्यायाम गरौ, मुटु बचाऔ, सक्रिय जिवनशैली, स्वस्थ मुटु लगायतका सन्देशमुलक प्लेकार्ड बोकी नारा सहित बिराटनगर शहर परिक्रमा गरेका थिए ।
१३ बर्ष अगाडी पर्वान्चलकै पहिलो क्याथ सेवा सुचारु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले प्रत्येक वर्ष विश्व मुटु दिवस विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएको छ । अस्पतालमा मुटु सम्बन्धी एन्जियो ग्राफी, एन्जियोप्लाष्टी९स्टेन्ट हाल्ने०, पेसमेकर (ब्याट्री हाल्ने) प्रत्यारोपन लगायतका मुटु सम्बन्धी सबै उपचार २४ सै उपलब्ध रहेको छ ।
त्यसैगरि असोज १३ गते देखि १८ गते सम्म अस्पतालमा मुटु सम्बन्धी निशुल्क ओपिडी सेवा तथा जाँचमा २५ प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।