काठमाडौं । काठमाडौं उपत्यकाको पिउने पानीमा मानव दिशामा पाइने कोलिर्फम भेटिएको छ । पानीमा फिकल कोलिफर्म भेट्टाएपछि काठमाडौं महानगरपालिकाले ११ वटै ब्राण्डका पानी विक्री वितरणमा रोक लगाएको छ ।
१२ देखि २८ भदौमा विभिन्न स्थानबाट २० वटा पानीको नमुना महानगरले संकलन गरेको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि थप एउटाको नमुना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । परीक्षणपछि पिउन अयोग्य रहेको पुष्टि भएको भन्दै बिक्रीमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ । बिक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।
जरिवाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्रान्डहरुमा व्याच नं १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ युनिट ९सीएफयू० देखियो । उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ मा यसको नमूना लिइएको थियो । पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं ८ बाट उत्पादन भइरहेको छ ।
भदौ १२ मा नमूना लिइएका पानीमध्ये व्याच नं १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ युनिट ९सीएफयू० देखियो । अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ् वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एसएनएस वेभरेजले उत्पादन गरेको पानी हो ।
व्याच नं ६ को कोलभोतेश्वर ब्रान्डको भदौ २४ मा नमूना लिइएको हो । यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ युनिट ९सीएफयू० छ । यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजले उत्पादन गरेको हो ।
भदौ २४ मै नमूना लिइएका पानीहरुमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ् मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटियो । अक्वा डिवीमा ५, अकुवामा १७, व्याच नं २०० को क्युव प्रोसेस ड्रिङ्किङ वाटरमा ३ सयभन्दा धेरै र व्याच नं ४२ को अक्वा माइल्ड ब्रान्डको पानीमा २१ कोलोनी फर्मिङ युनिट ९सीएफयु० भेटिएको छ ।