काठमाडौं । जुठो घाउ भनेको सामान्यता मुख तथा नाकको ओरपर आउने स साना बिबिरा वा पानीका फोकाहरुलाई भनिन्छ । यो के हो र यसले हाम्रो शरीरमा के असर पुर्याउछ भन्ने विषयमा छोटो जनकारी दिन गइरहेको छौं ।
जुठो घाउ एउटा भाइरल इन्फेक्सन हो । यो एक प्रकारको किटाणुको संक्रमण हो । यो हामी मध्ये ९० प्रतिशत जन संख्यामा देखिने आम समस्या मानिन्छ । यो किटाणुले सबैलाई संक्रमण गराएर लक्षण देखाउछ भन्ने हुदैन थोरै मानिसमा मात्र यसको लक्षण देखिने गर्छ । यो संक्रमणलाई जटिल रुपमा लिनु हुदैन । जुठो घाउ आउछ, जान्छ तर अरुलाई सार्न नदिनका लागि भने औषधि समयमै खानु पर्छ । जुठो घाउ आउदा मुखको वरपर पानीको जस्तो फोका आउछ । जुठो घाउ आएको अवस्थामा शरीर सिथिल छ भने निमोनिया हुन सक्ने समभावना हुन्छ । त्यसकारण उपचार गर्न जरुरी छ । कतिपय मानिसहरुमा वर्षको ६,७ पटक समेत जुठो घाउ आउने गर्छ त्यस्तो मानिसलाई प्रिभेन्टिभ उपचार गर्नु पर्छ ।
(Herpes Simplex) जुठो घाउका बारेमा महत्वपूर्ण जानकारी:
गर्भवती तथा बच्चाहरुको हकमा यसले नराम्रो असर पार्न सक्छ र यसले शरिरको अन्य अङ्गहरुमा असर गर्न सक्छ । यदि घरमा कोहि जुठो घाउ आएका सदस्यहरु छन् भने भर्खर जन्मेको, ५ वर्ष नकटेको बच्चाहरुमा छिटो सर्ने सम्भावना भएका कारण चाडो उपचार गर्नु आवश्यक हुन्छ , किन भने यसले फोक्सोमा र हाम्रो दिमागमा असर गर्छ ।
यसको असरले बच्चाको ज्यान समेत लिन सक्छ । गर्भवस्थाको पहिलो ३ महिना, दोस्रो ३ महिना र तेस्रो ३ महिनामा यसको असर अलि भिन्न हुन्छ । पहिलो ३ महिनामा यदि जुठो घाउ गर्भवति हर्पिज महिलालाई भयो भनि यसले बच्चामा नकरात्मक असर गर्नसक्छ भने दोस्रो र तेस्रो ३ महिनामा यसको असर भने आमालाई हुन सक्छ । त्यसैले यसको बारेमा जानकारी लिन आवश्यक छ । जरुरी परेको खण्डमा उपचार पनि गर्नुपछ ।
(छाला तथा यौन रोग विशेषज्ञ डाक्टर स्मृति श्रेष्ठ सँगको कुराकानीमा आधारित )