काठमाडौं । नेपालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ ।
नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दीप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार गरिएको छ। यसलाई नेपाली स्वास्थ्य सेवाकै महत्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ ।
तिम्सिनालाई एक वर्षअघि पोर्चुगलमा काम गरिरहेका बेला बड चियारी सिन्ड्रोम भएको पत्ता लागेको थियो । भारतको नारायण अस्पतालमा समेत उनलाई तत्काल कलेजो प्रत्यारोपणको सल्लाह दिइएको थियो । तर, नेपाल फर्केपछि नर्भिक अस्पतालका डा। पौडेल र उहाँको टोलीले परीक्षण गर्दा कलेजो प्रत्यारोपणको साटो टिप्सरडिप्स ९ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट ० मार्फत् सजिलै उपचार गर्न सकिने देखिएको थियो ।
त्यसपछि डा। पौडेलको नेतृत्वमा डा। अरुण महतो, डा। गणेश देवकोटा र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालका डा। शहनबाज बासिरको मार्गदर्शनमा यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । तिम्सिना हालै सफल उपचारपछि घर फर्किसकेका छन् । यो उपचारले नेपालमै जटिल कलेजो रोगहरुको उपचार सम्भव भएको देखाएको छ ।
बड चियारी सिन्ड्रोम के हो ?
बड चियारी सिन्ड्रोम कलेजोमा रगत प्रवाह गर्ने नसाहरुमा अवरोध हुँदा कलेजो सुन्निने समस्या हो । यसले पेटमा पानी जम्ने ९असाइटिस० र अन्य जटिल समस्या उत्पन्न गर्छ । धेरैजसो अवस्थामा समयमा उपचार नगरे कलेजो प्रत्यारोपण अन्तिम विकल्प हुन्छ ।
टिप्स प्रक्रिया के हो ?
टिप्स अथात् ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट एक विशेष प्रक्रिया हो, जसले कलेजोको रगत प्रवाहलाई सामान्य बनाउन नसाका बीचमा सानो पाइप राखिन्छ । यसले रगत प्रवाह सहज बनाउँदै कलेजो सुन्निने र पेटमा पानी जम्ने समस्या हुन दिँदैन, जसका कारण कलेजो प्रत्यारोपण आवश्यक हुँदैन ।
नर्भिक अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकमार्फत् विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । त्यही क्रममा पछिल्लोपटक कलेजोको बड चियारी सिन्ड्रोमको सफल उपचार गरिएको हो ।