काठमाडौं । नि: सन्तानको समस्या महिला तथा पुरुष दुबैमा बराबरी हुन्छ । पहिले/पहिले निस्सन्तान हुनुमा महिलालाई मात्र दोषी मानिन्थ्यो तर त्यो गलत धारणा हो त्यस्तो समस्या हुनुमा महिलाको ५० प्रतिशत र पुरुषको पनि उतिकै हात रहेको हुन्छ ।
महिलामा दुई किसिमको समस्याका कारण निःसन्तान हुने गर्छ ।
१.जन्मजात नै बच्चा दानी नभएको कारण
२.विर्य ल्याउने बाटोको (ट्युब) बिकास नभएको कारण
कुनैमा विर्य ल्याउने बाटोको (ट्युब) विकास भएकै हुदैन । ट्युबको विकास हुदैन वा विकास भए पनि ब्लक हुन्छ जसलाई मेकानिकल कारण भनिन्छ । भने कोहि महिलामा जन्मजात देखि नै त्यस्ता दुई चार वटा रोगका कारणले बच्चा दानीको विकास हुदैन केवल यौनाअंगको सानो भाग मात्र रहन्छ जसलाई एम.आर.टि.एच सिन्ड्रम भनिन्छ ।
प्रायः गरेर खानाको कमि, कुपोषण र अन्य केहि संक्रमणहरुले जस्तै पाठेघरको टि.भि पनि हो । तर हामीले बुझ्दा टि.बि भने बितिकै छातिको मात्र सम्झिन्छौँ । नेपालमा धेरै प्रतिशत महिलामा जस्को बच्चा छैन त्यस्को मुख्य कारण मध्य टि.बि पनि हो । त्यसैले विवाह भएको केहि समय सम्म बच्चा बनाउँन चाहदा पनि नभएको खण्डमा श्रीमान र श्रीमती दुबै जना अस्पताल गरेर जाँच गराउन जरुरी हुन्छ , जसको कमीकम्जोरी देखिन्छ त्यसको औषधी उपचार अहिले नेपालमै पूर्ण रुपमा सम्भव भईसकेको छ ।
पाठेघरको टि.बि भनेको के हो ?
सामान्यतया टि.बी छातिमा हुन्छ तर त्यसको संक्रमणले पाठेघरको भित्री तह सम्म असर गर्छ । वीर्य र ओभमबाट बच्चा त बन्छ तर पाठेघर सम्म आई पुग्दा त्यसमा टासिन सक्दैन । टासियपछि मात्र बच्चा हुने हो तर टि.बी का कारणले बच्चा दानीको मुख्य भागलाई बाझो र सुख्खा बनाइदिन्छ जसले गर्दा बच्चा बस्दैन् ।
छातीको टि.बि पत्ता लगाउन सजिलो छ तर बच्चा दानिको टि.बि पत्ता लगाउन अलि गाह्रो हुन्छ र कहिले काहि बिरामीहरुलाई पनि थाहा हुदैन । कतिपय डाक्टरलाई पनि यो चेतना आउदैन कि बच्चा दानीमा टि.बि हुन सक्छ जसले गर्दा रोगको पहिचान ढिला हुन्छ ।
नेपालमा टि.बी कै कारणले निः सन्तान बन्न पुगेका परिवार कति छन् भने डाटा संकलन गरेको छैन् तर आइ.भि.एफ सेन्टरमा ५ देखि ७ प्रतिशत महिला टि.बी कै कारणले निःसन्तान हुने गरेका छन् ।
पाठेघरमा भएको टि.बि को उपचार विधि
सुरुमा त रोगको पहिचान गर्नु जरुरी हुन्छ । पाठेघरको टि.बी पहिचान भएपछि अल्ट्रासाउन, छातीको एक्सरे, पेटको एक्सरे,एच.एस.डी र अहिले आधुनिक तरीकाद्धार यौनि भित्र दुर्पिन पसाएर पाठेघरको भित्रि भागको सानो मासु निकालेर पनि टि.बी को परीक्षण गर्न सकिन्छ ।
माथि उल्लेख गरेका परीक्षणबाट यदि टि.बी नै भएको हो भने नर्मली अरु टि.बी जस्तै पाठेघरको टि.बी का लागि पनि ६ देखि ९ महिना सम्म औषधी खानु पर्छ । नेपालको सन्दर्भमा १० जना मध्य ६ जनामा टि.बी का बिरामी भेटिन्छ । त्यसैले प्रत्येक व्यक्तिले बर्षको एक पटक छातीको एक्सरे गर्न जरुरी हुन्छ । अहिलेको परिवेशमा निसन्ताको उपचारमा नेपाल पनि बाह्य देश जस्तै सक्षम बनि सकेको छ । अन्य देशहरु जस्तै नेपालमा पनि निः सन्तान के कारणले भयो भन्ने पहिचान गरी उपचारमा पनि सम्भव भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार निः सन्तान पनि एउटा रोग हो यसले शरिरीक तथा मानसिक रुपमै मानिसलाई विचलित गर्छ जसका कारणले यो रोगको पहिचान समयमै उपचार गर्न जरुरी छ । अहिलेको समयमा मोबाइल, इन्टरनेटले गर्दा धेरै मान्छेहरुमा चेतना आइसकेको छ कि निः सन्तान के के कारणले हुन्छ भनेर तर कतिपय परिवारमा निः सन्तान हुनुमा महिलाको मात्र दोष देख्ने गरिन्छ , जसले गर्दा महिलालाई दिन रात शरिरीक तथा मानसिक तनाब दिईन्छ यस्ता क्रियाकलापले गर्दा महिलाको हार्मोन प्रोडक्सन अल्ट्रा हुन्छ जसका कारण बाझोपनाको समस्या बढदै जान्छ । महिलाकै कारणले बच्चा भएको छैन भने पनि ती महिलालाई प्रेम सँग राख्यौँ भने १ २ वर्षमा असामान्य रुपमा बच्चा भएको धेरै देखिएको छ ।
( स्त्रि रोग विशषेज्ञ तथा नेपालकै पहिलो ल्याप्रोस्कपी डा.ज्ञानेन्द्रमान सिंह कार्की सँगको कुराकानीमा आधारित)