काठमाडौँ । व्यायाम शारीरिक स्वास्थ्यका लागि फाइदाजनक रहेको मान्यता समाजमा भए पनि यसले मानसिक स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । बालकदेखि वृद्धसम्म सबैलाई व्यायाम आवश्यक पर्छ। शरीरलाई जति चलायमान राख्यो त्यति शरीर बलियो र फुर्तिलो हुन्छ। जति आराम गरायो त्यति आलस्य हुन्छ। रोग र अरू समस्या आउँछन्।
हामीले खाएको खानाले हाम्रो शरीर निर्माण गर्दछ भने नियमित व्यायामले शरीरलाई लचिलो, फुर्तिलो र बलियो बनाउँछ। ऊर्जा भरेर शरीरलाई पुनः जागृत गराउँछ। शरीर चलायमान रहे अंगहरूको व्यायाम हुन्छ। प्रकृतिले हामीलाई दुई हात परिश्रम गरेर खान र दुई खुट्टा हिँड्नलाई दिएका हुन्। जति परिश्रम ग¥यो र हिँड्यो उति शरीर बलियो हुन्छ।
अचेल आधुनिक जीवनशैलीले गर्दा धेरैको हिँड्ने बानी छुटेको छ। स्वस्थ्यका लागि व्यायाम निकै उपयोगी छ भन्ने जान्दाजान्दै पनि धेरैजसो मान्छे व्यायाम गर्न जाँगर देखाउँदैनन्। कतिपय भन्छन्, ‘रोग लागेको छैन, तगडा नै छु । किन व्यायाम गर्ने रु’ कतिपयले दिनभर काम नै गरिरहेको हुन्छु । अब व्यायाम गर्न आवस्यक छैन् भने सोचने गर्छन् यो भने सत्य होईन् ।
शारीरिक गतिविधि वा सक्रिय जीवन उत्तम हो । तर यो पर्याप्त होइन । त्यसैले शारीरिक श्रम गर्नेहरुका लागि पनि व्यायाम उत्तिकै खाँचो पर्छ । किनभने व्यायामले शरीरको समुचित क्रिया गराउँछ । कामले शरीरको कतिपय अंगमा नोक्सानी पनि पुर्याउन सक्छ तर व्यायामले शरीरलाई तन्दुरुस्त, ऊर्जावान् र शान्त बनाउँछ ।
दैनिक व्यायामले शरीरलाई स्वस्थ र फूर्तिलो बनाउँछ। शरीर स्वस्थ भए मानसिक स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । सानैदेखि गरिने व्यायामले बालबालिकालाई स्वस्थ बनाई मोटोपन लगायत अरू समस्या आउन दिँदैन। बालबालिकाको त झन् विकसित प्रविधि– मोबाइल, ल्यापटप, कम्प्युटर, टिभी, इन्टरनेटका कारण दिनभर कोठामै बसेर समय बित्छ। बाहिरी खेलकुद, दौडधुप, हिँड्ने आदि काम हुँदैन। व्यायामले रगत शुद्धीकरण गराउँछ। शरीरबाट पसिना निस्कासन गरेर छालालाई नरम र राम्रो बनाउँछ। यसले रोग– प्रतिरोधात्मक क्षमता पनि बढ्छ।
शारीरिक व्यायाम गर्नका लागि योग, एरोविक्स लगायतका अन्य शारीरिक गतिविध गर्न सकिन्छ । तथापि जुनसुकै गतिविधि सुरु गर्दा पनि विस्तारै(विस्तारै तथा थोरैबाट सुरु गरेर क्रमशः समय बढाउँदै लैजानुपर्छ । त्यसको लागि निश्चित लक्षण निर्धारण गर्नुका साथै आफूलाई उत्प्रेरित गर्न जरुरी छ । व्यायाम गर्दा एरोविक तथा शरीर सुगठित बनाउने व्यायाम गर्न सकिन्छ ।
दिर्घरोगि तथा अन्य कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाह अनुसार नै व्यायाम गर्न सकिन्छ ।