काठमाडौं। बीपी नेत्र प्रतिष्ठानले मङगलबार आफ्नो १२ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मानएको छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा.गौरीशंकरलाल दासले सबै अतिथि तथा आमन्त्रितहरुलाई स्वागत गर्दै उनले प्रतिष्ठानले नेपालमा आँखा हेरचाह सेवाहरूको विस्तार र गुणस्तर वृद्धि गर्दै लगेको बताए । प्रतिष्ठानले आफ्नो तेस्रो परियोजना अन्तर्गत रतुवामाई, मोरङमा पूर्वाञ्चल आँखा र पुनर्स्थापना केन्द्र र आदर्शकोटवाली, बारामा मिनि चियर्स सुरु गरेको जानकारि दिए । आगामि दिनमा केन्द्रले स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्ने, दुर्गम र असुरक्षित समुदायका मानिसहरूलाई सशक्त बनाउने, न्यूरोसेन्सरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको वकालत गर्ने र देश स्तरमा नीति निर्माताहरूसँग संलग्न हुने डा दासले बताए ।
कार्यक्रममा बोल्दै अस्पतालका चेयरमेरिटस डा मदनप्रसाद उपाध्यायले बीपी नेत्र प्रतिष्ठान काठमाडौंबाट दिदै आएको सेवालाई मोरङमा रहेको पूर्वाञ्चल आँखा, नाक, कान, घाटी सेवा लाई विस्तार गरने योजना रहेको बताए । असोज महिनामा गएको बाढिले तहसनहस परेको पुनर्स्थापना केन्द्र र अटिजम केयर सेन्टर लाई पुन स्थापना गर्ने यो बर्षको लक्ष्य रहेको पनि जानकारि दिए ।
बीपी नेत्र प्रतिष्ठान भए पनि आँखा, नाक, कान, घाटी मात्र नभई अस्पतालको भनिरहेको अन्य विधामा पनि काम र विकास गर्ने योजना रहेको अस्पतालका प्रशासक नविन पन्तले जानकारि दिए । त्यसैगरि कार्यक्रममा असोज महिनामा गएको बाढिमा आफनो परवाह नगरि अरुको सहायतामा जुटेका सबै लाई Flood Hero नाम बाट सम्मानित गरिएको उनले बताए ।
कार्यक्रममा उपस्थित अतिथिहरुले कर्मचारीहरुको वार्षिक खेलकुद बिजेता तथा अस्पतालका राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कार वितरण गरेका थिए ।