काठमान्डौँ । ओम समाज डेण्टल हस्पिटलले “जसको दाँत सबल उसको जीवन सफल ” भन्ने नारासहित ७ दिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो, सहज होस् भन्ने उदेश्यका साथ गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको देउरालि स्वास्थ्य चौकि, सौरपानी स्वास्थ्य चौकि, वारपाक स्वास्थ्य चौकि र भच्चेक मोडर्न हस्पिटलमा सञ्चालित निःशुल्क दन्त शिविरमा नौँ सयभन्दा बढीले सेवा लिएका छन् ।
उक्त शिविरमा ९८३ जना बिरामीहरुको दन्त रोग विशेषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गींजाको उपचार गरिएको थियो । जस्समध्य दाँत सफा गर्ने २७५, दाात निकाल्ने २५४ र दाँत भर्ने १९१ रहेका थिए ।
दुर्गम जिल्ला भएकाले दाँत चिकित्सक सम्बन्धि राम्रो सेवा उपलब्ध नभएको र आर्थिक अवस्था कमजोर भएकोले त्यस्तो अवस्था निःशुल्क शिविर बाट सेवा लिन पाउदा त्याँहाका वासिन्दाले एकदमै खुसी भएको बताउ छन् ।
दाँत समस्या भयो भने उपचारकालागि राम्रो सेवा उपलब्ध नभएको र उपचार गराउँदा सामान्यभन्दा सामान्य उपचारका लागि समेत हजारौँको खर्च उठाउनुपर्ने बाध्यता भएकाले शिविरमा दाँतको समस्याको पहिचानसँगै उपचार पाँउदा समयसँगै पैसाको समेत बचत भएपछि स्थानीय खुसी भएका छन् ।
हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतको समय देखि सबैको पहुचमा दन्त्य स्वास्थको पहुच पुर्याउने उदेस्यले “जसको दाँत सबल उसको जीबन सफल “ नाराका साथ निःशुल्क शिविर, जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।