काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ पुष ५ बाट सुरु हुने भएको छ । ‘खेल खेलौ, स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिन सम्म चल्नेछ ।
उक्त प्रतियोगिता काठमाडौं उपत्यकाका अन्नपूर्ण न्युरो अस्पताल, ग्रीनसिटी अस्पताल, अल्का अस्पताल, ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताल, बयोधा अस्पताल, ब्लू क्रस अस्पताल, सिभिल सर्भिस अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नर्भिक इन्टरनेशनल अस्पताल, मार्क इन्टरनेशनल किडनी सेन्टर, ह्याम्स अस्पताल, एभरेष्ट अस्पताल, इनोभा अस्पताल, राष्ट्रिय मृगौला केन्द्र, बी एन्ड बी न्यूरो सेन्टर, ओम समाज डेन्टल हस्पिटल, मेडिसिटी अस्पताल, मध्यपुर अस्पताल, नर्भिक फार्मेसी, परोपकार प्रसूति तथा महिला अस्पताल र बीपी आँखा अस्पताल गरि २१ वटा हस्पिटलको सहभागिता रहने छ ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने छ। प्रतियोगिताको विजेताले उपाधि सहित नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम रहेको छ । हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा एनएमबी बैंक तथा मेडिकल पार्टनरमा एभरेष्ट हस्पिटल रहेको छ ।
त्यसैगरि कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक, वात्सल्य आईभीएफ र मेटेनिटी पसलले सपोर्ट गरेका छन् ।