काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ अन्तर्गतको लिग आउट चरणको खेल सम्पन्न भएको छ ।
लिग आउट चरणबाट क्वाटर फाइनलमा ८ टिम पुगेका छन् । जसमा अन्नपूर्ण न्युरो अस्पताल, मध्यपुर अस्पताल, अल्का अस्पताल, नर्भिक इन्टरनेशनल अस्पताल, ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताल, एभरेष्ट अस्पताल, ओम समाज डेन्टल हस्पिटल, नर्भिक फार्मेसी पुगेका छन् ।
भोली क्वाटर फाइनल, सेमीफाइनल र फाइनलका खेलहरु हुनेछन्। क्वाटर फाइनल नर्भिक इन्टरनेशनल अस्पताल संग अल्का अस्पताल, नर्भिक फार्मेसी संग ओम समाज डेन्टल हस्पिटल, एभरेष्ट अस्पताल संग मध्यपुर अस्पताल र अन्नपूर्ण न्युरो अस्पताल संग ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताल खेल्ने छन् ।
प्रतियोगितामा उपत्यकाका २१ सरकारी तथा नीजि हस्पिटलले सहभागीता जनाएका थिए । लिग नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो।
फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम रहेको छ । हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा एनएमबी बैंक तथा मेडिकल पार्टनरमा एभरेष्ट हस्पिटल रहेको छ ।
त्यसैगरि कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक, वात्सल्य आईभीएफ र मेटेनिटी पसलले सपोर्ट गरेका छन् ।