काठमाडौँ । निमोनिया रोग ५ वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण हो । निमोनियाले विश्वमा वार्षिक १६ लाखभन्दा बढी बालबालिकाको मृत्यु गराउँछ । नेपालमा वर्षेनि करिब ५ हजार ६ सयको मृत्यु निमोनियाबाट हुने गरेको तथ्यांक छ ।
श्वास–प्रश्वास प्रणालीको माथिल्लो भागको संक्रमण रुघाखोकी भनिन्छ । यसको तल्लो भाग अर्थात् फोक्सोको संक्रमण निमोनिया हो । ‘स्ट्रेप्टोकोकल निमोनी’ निमोनिया गराउने प्रमुख व्याक्टेरिया हो । एडेनोभाइरस, राइनोभाइरस, एन्फ्लुएन्जा, पाराइन्फ्लुएन्जा निमोनिया गराउने अरू भाइरसहरू हुन् । ६५ वर्षभन्दा माथिका, दुई वर्ष मुनिका, धूम्रपान–मद्यपान गर्ने, वायु वा रासायनिक प्रदूषणबाट ग्रसित अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरु निमोनियाको उच्च जोखिममा हुन्छन् ।
बालबालिकाले रुघाखोकी लाग्दा छिटो–छिटो सास फेर्ने, घ्यार–घ्यार गर्ने, मुख, हातखुट्टा नीलो हुने, दूध नचुस्ने, बान्ता गर्ने, धेरै ज्वरो आउने, खकार आउने, शिथिल हुने भयो भने बच्चालाई निमोनिया भएको हुनसक्छ ।
निमोनियाको मुख्य लक्षण
- ज्वरो आउनु ,खोकी लाग्नु ।
- श्वासप्रश्वास दर बढ्नु, श्वास फेर्न कठिन हुनु ।
- छाती दुख्नु ,श्वास फेर्दा घ्यार घ्यार हुनु ।
- बच्चाले आमाको दुध चुस्न खानेकुरा खान नसक्नु ।
- कोखामा हान्ने (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)
निमोनिया दुई प्रकारका हुन्छन्
– लोबर निमोनिया र ब्रोन्काइल निमोनिया ।
लोबर निमोनिया फोक्सोको एक अथवा धेरै भागलाई प्रभावित गर्छ ।
– ब्रोन्काइल निमोनियाले फोक्सो दुवै भागलाई प्रभावित गर्छ ।
बालबालिकाहरुमा निमोनियाको समस्या धेरै देखिन्छ ।
बालबालिकामा हल्का निमोनिया
माइकोप्लाज्मा निमोनी र क्ल्यामिडोफिला निमोनी जस्ता ब्याक्टेरियाका कारण निमोनिया हुँदा विशेष गरेर बालबालिकामा निमोनियाको हल्का लक्षण देखिन्छ ।
यसलाई वाकिङ निमोनिया पनि भनिन्छ ।
यसमा बालबालिकाले धेरै विरामी भएको महसुस गर्दैनन् तर सुख्खा खोकि, हल्का ज्वरो, टाउको दुख्ने र थकान जस्ता लक्षणहरु देखिन्छन् ।
बालबालिकाको निमोनियाको मध्यम लक्षण
निमोनिया उत्पन्न गराउने भाइरसले विषेश गरेर चार देखि ६ वर्ष उमेरका बालबालिकालाई प्रभावित गर्छ ।
घाँटि खस्खसाउनु, खोकि लाग्नु, हल्का ज्वरो, नाकमा सिँगान जम्नु, भोक कम लाग्नु र थकान अथवा कमजोर महसुस हुनु यसका लक्षणहरु हुन् ।
बालबालिकामा निमोनियाको गम्भिर लक्षण
बालबालिकामा ब्याक्टेरियल निमोनिया हुनु अति नै सामान्य कुरा हो ।
प्रायः यस प्रकारको निमोनिया रुघाखोकि र भाइरस भन्दा धेरै खतरा हुन्छ ।
यसको लक्षणहरु बुझ्न पनि कठिन हुन्छ ।
यसको लक्षण धेरै ज्वरो आउनु, पसीना आउनु अथवा जाडो भएको महसुस हुनु हो ।
नङ र ओठ निलो हुनु, छाति भारी भएको महसुस हुनु र सास फेर्न समस्या हुनु ।
निमोनियाको उपचार
निमोनियाको प्रकारको आधारमा उपचार प्रक्रियको छनौट गरिन्छ ।
जस्तै यदि तपाईँको बालबालिकामा निमोनिया भएको थाहा भयो भने तुरुन्त डाक्टरसंग जाँच गराउनु पर्छ ।
निमोनियाबाट बच्न सरसफाईमा ध्यान दिने पोषिलो खानेकुरा खाने सबै खोप पूर्णरुपमा लगाउने र निमोनियाबाट बच्न खोप समेत उपलब्ध रहेको चिकित्सकको सुझाब छ । निमोनिया सबै उमेर समुहको मानिसलाई हुन्छ । निमोनिया विश्वमै बालमृत्युको प्रमुख कारण हो । बालबालिकालाई सुरू भएको साधारण रुघाखोकीले नै श्वासप्रश्वासको समस्या वा संक्रमण गराई निमोनिया गराउन सक्छ ।
निमोनियाबाट कसरी बच्ने ?
- निमोनियाबाट बच्न एन्टी भाइरस भ्याक्सिन लगाउने
- तातो लुगा लगाउने, चिसो र भीडभाडबाट बच्ने,
- खानपिनमा ध्यान दिने,
- जीवनशैली सुधार्ने,
- मास्क लगाउने,
- उमालेर पर्याप्त पानी पिउने,
- मुख र छालाको सरसफाइमा ध्यान दिने
- बच्चालाई जन्मेको ६ महीनासम्म आमाको दूध मात्र र त्यसपछि २ वर्षसम्म अन्य खानेकुरा सहित स्तनपान पनि गराउनुपर्छ ।
- बच्चामा पोषणको अभाव हुन नपाएर निमोनिया धेरै हदसम्म कम हुन्छ ।
- बच्चाहरू निमोनियाबाट धेरै प्रभावित हुने भएकाले बच्चालाई लगाउनुपर्ने सबै खोप लगाउनुपर्छ ।
- धूलो, धूँवा र प्रदूषणबाट बच्नुपर्छ
- यो सरुवा रोग भएकाले सकेसम्म भीडभाडमा हिँड्ने गर्नु हुँदैन
- बिरामीले जथाभावी खकार फाल्नुहुँदैन र हाछ्युँ गर्दा पनि मुख छोप्नुपर्छ ।
(डाक्टर सँगको कुराकानीमा आधारित )