पछिल्लो समय नेपालमा पनि धेरै महिलाहरु स्तन क्यान्सरको चपेटामा परिरहेका छन् । विशेषज्ञाहरुका अनुसार पछिल्लो समय क्यान्सर पीडित महिलाहरुको संख्या बढीरहेको छ । नेपालमा मात्रै नभएर हाम्रो छिमेकी मुलुकमा पनि स्तन क्यान्सरको रोगीहरु तीब्र रुपमा बढीरहेको विशेषज्ञाहरु बताउँछन् ।
नीति बाग स्थित राजीब गान्धी क्यान्सर इन्टिच्युड एण्ड रिसर्च सेन्टरको विशेषज्ञ डा। सज्जन राजपुरोहितको भनाई अनुसार शरीरको कुनै भागमा कोशिकाहरु असामान्य तथा अनियन्त्रित रुपमा बृद्धि हुनुलाई क्यान्सर भनिन्छ ।
यसरी लगाएतार बढ्दै जाने यस टिस्युको टुक्रा रगत नलीको बाटो हुँदै शरीरको अन्य विभिन्न भागमा पनि पुग्छ र नया ठाउँ बनाउँछ । यसलाई मेटास्टेसिस भनिन्छ । त्यति बेला यो जान्नु आवश्यक छ कि सानो क्याल्सिफिकेशन जम्दा वा स्तनको टिस्युमा सानो गाँठोको रुपमा देखा पर्नु र विस्तारै बढ्दै जानु नै क्यान्सरको लक्षण हो ।
क्यान्सरका लक्षणहरुः
स्तनको टिस्यु वा त्वचा धेरै समयसम्म सख्त बनेर रहनु
कुनै पनि स्तन वा काँधको मूनी गाँठो देखिनु
कुनै पनि स्तनको आकार, आकृति तथा उचाईमा अचानक बदलाब देखा पर्नु
स्तनको निप्पल रातो हुँदै जानु
स्तनबाट पिप र रगत जस्ता चीज बग्नु
स्तन या निप्पलको त्वचामा केही फरक देखिनु तथा अनुभव हुनु आदी
माथिका कुनै पनि लक्षणहरु देखा परेको खण्डमा तत्कालै विस्तृत रुपमा चेकजाँच गराउनुपर्छ । यी लक्षण देखा पर्ने वित्तिकै चेकअप गराएमा चाँडै निको हुन्छ ।