आजकालका युवाहरुमा ‘सिक्स प्याक एब्स’ को निकै क्रेज बढिरहेको छ । सिनेमाको पर्दामा देखिने हिरोको जस्तै सुगठित शरीर बनाउन चाहन्छन् उनीहरु । सिक्स प्याक भएका युवाहरु देख्दा युवतीहरु पनि भुतुक्कै हुन्छन् । तर, यो सजिलो काम भने होइन । यसका लागि निकै ठूलो मिहिनेत, जाँगर र धैर्यता चाहिन्छ । खानपानमा उच्च सतर्कता र कडा ब्यायाम सिक्स प्याकका लागि अत्यावश्यक दुई कुरा हुन् । खानामा कार्बोहाइड्रेट र फ्याटको मात्रा घटाएर प्रोटिनको मात्रा बढाउनुपर्छ ताकि मांसपेशीहरु कसिलो र मजबुत होउन् । त्यस्तै ट्रेनरको रेखदेखमा नियमित एक्सरसाइज गर्नुपर्ने आवश्यकता हुन्छ ।
कति समय लाग्छ
यदि तपाईं आफ्नो शरीर सुगठित र आकर्षक बनाउन चाहनुहुन्छ भने पहिले त यसका लागि पर्याप्त समय छुट्याउनुपर्छ । फिटनेस ट्रेनरका अनुसार सिक्स प्याक बनाउनभन्दा पहिले शरीरमा कति बोसो जम्मा भएको छ भन्ने कुरामा ध्यान दिनुपर्छ । यदि शरीर धेरै मोटो छ भने पहिले त्यसलाई घटाउनको लािग केही खास किसिमको एक्सरसाइज गर्नुपर्छ । यसमा स्विमिङ, साइक्लिङ, जगिङ आदि पर्छन् । यस बाहेक मर्निङवाक पनि धेरै जरुरी छ । साथै डाइटमा पनि ध्यान दिनुपर्छ ।
सिक्स प्याक एब्स बनाउनको लागि जिम ट्रेनरले कैयौं प्रकारका डाइट सम्पिलमेन्ट्स दिन्छन् । जसमा सेन्थेटिक पोषक तत्व रहन्छ । यो तत्वले शरीरलाई नोक्सान पुर्याउन सक्छ । आमरुपमा लिइने सप्लिमेन्ट्समा क्रिएटिन, प्रोटिन, स्टिरायड आदी हार्मोन हुन्छन् । फ्याट कम गर्ने भनेर कतिले फ्याटयुक्त चीज छुनै छोड्छन् । यो पनि ठिक होइन । यसले उल्टो बेफाइदा हुन सक्छ । फ्याटको कमीले शरीरका अन्य महत्वपूर्ण अंगमा नराम्रो असर पर्छ । यसैले शरीरलाई फ्याटको केही मात्रा आवश्यक पर्छ ।
अपनाउनुहोस् यस्तो डाइटप्लान
– हरियो सागसब्जीहरुको अत्यधिक सेवन गर्नुहोस् । यसले शरीरलाई उर्जा दिनुको साथै तपाईंलाई प्रmेस राख्छ । प्रोटिन डाइटमा अण्डा, पनिर, दूध, माछामासु, दही आदि लिनुहोस् ।
सिक्स प्याक एब्सको लागि फाइबरयुक्त भोजन लिन आवश्यक छ । यसले शरीरको विकास हुन्छ । प्रोटिनको सही मात्रा कायम राख्नको लागि मौसमी फलको सेवन लाभदायक हुन्छ ।
– बिहानको नास्ता अति आवश्यक छ । नास्ता हेभी र लञ्च हल्का लिनुहोस् । डिनर झनै लञ्चभन्दा पनि हल्का लिनुहोस् । भोजनको चार्ट बनाउनुहोस्, यो तपाईंको स्वास्थ्यको लागि आवश्यक छ ।
– दिनभरमा कम्तीमा पनि १० गिलास पानी पिउनुहोस् । पानीले हाम्रो शरीरलाई स्वस्थ राख्छ । किनभने धेरै एक्सरसाइज गर्नाले डिहाइड्रेसनको खतरा हुन्छ । यसबाट बच्नको लागि आफ्नो तौलको हिसाबले पर्याप्त पानी पिउनुपर्छ ।