महिलाले गर्भवती हुनु अर्थात आमा बन्नु सबै महिलाका लागि ज्यादै खुसीको कुरा हो । तर गर्भावस्थामा धेरै कुरा ख्याल राख्नु पर्ने हुन्छ । पेटमा बच्चा बसेपछि सुरुका दिनहरुमा महिललाई बान्ता हुने गर्छ । यो बेला उनीहरु निकै हैरान हुन्छन् । कतिपय महिलाहरु यस समयमा खाना पनि कम खाने गर्छन् ।
तर यसो गर्नु गलत हो यसो गर्नाले बच्चाको बिकासमा असर पर्न सक्छ । जति वान्त भएनी खाना खान छाड्नु हुदैन । बरु वान्तालाई कसरी रोक्न सकिन्छ भन्ने उपाय खोज्नुपर्छ । वान्ताको कमीले गर्दा महिला कम्जोर हुने भएकाले शरीरमा पोशाक तत्वको कमी हुन नदिनको लागि विभिन्न फलफुलहरु समयसमयमा खाइरहनु पर्छ
यस्ता छन् वान्ता हुने समस्याबाट बच्ने उपायहरः
–खाना खाइसकेपछि ज्वानो खान बिर्सनु हुँदैन । ज्वानो खानाले बान्ता हुँदैन र खाना पनि चाँडै पच्ने हुन्छ ।
–चनालाई भुटेर बनाइएको सातुलाई पानीमा नुन वा चिनि मिसाएर पिउने ।
–बान्ता हुने अनुभव भयो भने अदुवा सुघ्ने । यसले बान्ता हुनबाट रोक्छ ।
–धेरै नै बान्त्ता हुन्छ भने दिनमा दुई देखि तीन पटक अमलाको मुरब्बा खाने । यसले बान्ता हुँदैन ।
–धेरै चिल्लो, पिरो र एकैपटकमा अत्यधिक पानी पिउनु हुँदैन ।
अन्य तरीकाः
–चामल र धनिया मिसिएको पानी दिनमा दुई देखि तीन पटक पिउनाले धेरै नै राहत हु्न्छ ।
–चामललाई सफा पानीमा भिजाएर राख्ने ।
–आधा घन्टापछि त्यसमा धनियाको पातलाई पिनेर मजाले मिसाउने र त्यो पानीलाई छान्ने ।
–कागतीको रस र मह पानीमा मिसाएर पिउनाले पनि बान्ता हुँदैन ।