काठमाडौं । लगनखेलस्थित लेजर थेरापी क्लिनिकले पुष २७ र २८ नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
स्याल्बि हस्पिटल र लेजर थेरापी क्लिनिकको संयुक्त आयोजनामा २ दिने घुंडा तथा हिप सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।
आगामी पुष २७ र२८ गते हुने उक्त शिविरमा हाडजोर्नी, नशा च्यपिएको, कम्मरको दुखाई, बाथको दुखाइ, युरिक एसिड बढेको, अन्य कुनै पनि किसिमको दुखाइ वा नशा सम्बन्धिको समस्याको जाँच स्त्री रोग विशेषज्ञ तथा लेजर थेरापी बिशेषज्ञ डा.शुसिला बैद्यद्वारा शिविरमा जाँच हुने छ।
उक्त शिविरमा डाक्टर परामर्स सेवा निशुल्क, एक्स-रे, ल्याव टेस्टमा, इसिजि(ECG), इको(Echo) USG र आवश्यक अन्य जाँचमा ५०% छुटको व्यवस्था रहेको छ । साथै हडिको सम्बन्धि जाँचमा ५०% छुटको व्यवस्था समेत रहेको छ । शिविरमा स्याल्बि हस्पिटल र लेजर थेरापी क्लिनिकका वरिष्ठ चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गर्नेछन् ।
उक्त शिविर लेजर थेरापि क्लिनिककै प्रांगणमै यहि मिति २०८१/०९/ २७ र २८गते सम्म बिहान ९ देखि ३ बजे सम्म सञ्चालन हुदैछ । क्लिनिकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा यस्ता नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ ।