काठमाडौं - महिनावारी हुदाँ पेट दुख्ने समस्या हरेक महिलाले महशुस गर्ने गर्दछन् । कोहि महिलालाई सहन सक्ने पेट दुख्छ भने कोहि महिलालाई अत्याधिक पेट दुख्ने गर्दछ । जसका कारण उनिहरुको दैनिकिमा नैे प्रभाब पर्न सक्छ ।
महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, सहनै नसकिने गरी तल्लो पेट दुख्नु लाई असामान्य मानिन्छ । आजभोलि अधिकांश महिलामा पेट दुख्ने समस्या देखिन्छ, जसमध्ये पनि किशोरीहरू बढी पीडित छन् । किशोरीहरूमा महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्नुका साथै वाकवाकी लाग्ने, कम्मर वा ढाड दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छ ।
यस्तो समस्या औषधिले पनि तत्काल ठीक गर्दैन । यो बाहेक पाठेघरमा ट्युमर र इन्फेक्सन हुँदा पनि पेट दुख्ने समस्या हुन सक्छ । प्रजनन रोग, अण्डाशय तथा अण्डबाहिनी नलीमा समस्या आउनु, गर्भ निरोधक औषधिको अनियमित प्रयोगले पनि पेट दुख्ने हुन सक्छ ।
महिनावारी हुदाँ अत्याधिक पेट दुख्ने समस्या खानपानबाट पनि नियन्त्रण गर्न सकिन्छ । त्यसका लागी यस्ता खानेकुरा खानुपर्ने हुन्छ ।
क्यालसियमयुक्त खानेकुरा दुध, दहि र तोफु खानुपर्छ ।
फाइबर भएको खानेकुरा स्याउ, पुर्णबाली, हरियो सागपात र ब्रोकाउली खानुपर्छ ।
म्यागनेसियमयुक्त खानेकुरा केरा, सागपात र एभोकाडो खानुपर्छ ।
ओमेगा थ्रि फ्याटि एसिड भएको खानेकुरा अण्डा, माछा, आलस र ओखर खानुपर्छ ।
भिटामिन सि बि र इ युक्त खानेकुरा बदाम, आँप, आलमण्ड, कागती, सुन्तला खानुपर्छ ।
पानि र पानिजन्य फलफुल तरबुजा र काक्राँ खानुपर्छ ।
(सोचाईको फेसबुक पेजबाट साभार)