नेपाली युवायुवतीलाई भ्रम उत्पन्न गर्ने आक्रामक प्रचार गर्दै पेय वस्तु बजारमा छ, इनर्जी ड्रिंक धेरै मानिसहरूले यो प्रयोग गर्छन्। कतिपयले कोसेली पनि लैजान्छन्। यसलाई यो शक्तिबद्र्धक पेय वस्तुको रुपमा व्यापक प्रचार प्रसार गरिएको छ। युवा युवतीलगायत प्रायः सबै उमेर तथा बिरामी, खेलाडी, कामदार लगायत विविध वर्ग र क्षेत्रका मानिसहरू अहिले यो पेय पदार्थलाई एउटा लाभदायक पेय वस्तु हो भन्ने भ्रममा छन् र व्यापक रुपमा उपभोग गरिरहेका छन्। यसले शरीरमा कति धेरै हानी गर्छ भन्ने कुरा आम उपोक्ताहरूले बुझेका छैनन्। आम सञ्चार माध्यममा विज्ञापनको आइरहेको पनि यस्ता गुलिया पदार्थहरूको बारेमा छलफल हुँदैन्।
यस पेयमा प्रशस्त मात्रामा चिनी हुने भएकाले यसले केही शक्ति दिए जस्तो हुन्छ। थाकेको बेला यस्तो पेय पदार्थ पिउँदा केही क्षण परिवर्तनको महसुस भए पनि यसले बरु स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने अध्ययनकर्ताहरुको भनाइ छ। वरिष्ठ वाल रोग विशेषज्ञका अनुसार बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, हाल हाम्रो बजारमा प्रचलित विभिन्न ब्राण्डका सफ्ट ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्। यस्ता पेय पदार्थका कारण बच्चाहरूमा खाना रुची कम हुन्छ र उनीहरुलाई आधारभूत इनर्जी पुग्दैन। यस्ता हल्का पेय वस्तुहरू खानेहरूमा मोटोपना आउँछ। चिनीको मात्रा बढी हुने हुनाले मोटोपन र डायबिटिजको सम्भावना बढ्छ। यसले बालबालिकामा फोक्से मासु बढ्छ र अनेक समस्या उत्पन्न गराउँछ।
केही महिनाअघिको कुरा हो, एक आमाले छ वर्षीय छोरा लिएर अस्पताल गइन्। उनले डाक्टरलाई भनिन्, यो दुब्लाएको छ। बारम्बार बिरामी भइरहन्छ। खाना पनि खान मन गर्दैन। बिरामी भनेर स्कूल पनि पठाएको छैन। किन यस्तो भएको होला ? आमाले डाक्टरसँग कुरा गरिरहँदा बच्चा यताउता टुकुटुकु गरिरहेको थियो। आमालाई बोल्न नदिने आमाको मुख आफूतिर फर्काउने आदि कोशिश गरिरहेको थियो। डाक्टरले यसले के खान्छ ? भनेर सोधे। आमाले, भात दाल, तरकारी त यसको घाँटीबाट नै छिर्दैन। मिठाइ, चाउचाउ, चकलेट, बरफ चिसो पेय आदि मात्र मन गर्छ। भात नखानेलाई यति दिँदा कमसेकम यसले रुचाएका केही खानेकुरा त पर्छ भनेर दिन्छु। चकलेट र चाउचाउ खाए पनि यो त बिरामी भइरहन्छ, के गर्ने होला ?
आमाले थाहा नै नपाइकन बच्चालाई धेरै चिनी भएको वस्तु दिएकी थिइन्। यसले गर्दा बच्चाको त रोगसँग लड्ने शक्ति नै कम भएर ख्वाउटे भएको रहेछ। मिठाइ र चिसो पेय मायाको प्रतीक होइन भन्ने कुरा डाक्टरले बुझाएपछि उनी छानाबाट खसे झैं भइन्। बढी चिनी र पत्रु खानाले पोषणको कमि भएकाले छोरा दुब्लाएको रहेछ भन्ने थाहा पाइन्। बच्चालाई खुवाएको पत्रु फुडले उसको पेट त भरिन्छ तर पोषण पुग्दैन। ‘मिठाई, चकलेट, जस्ता पत्रु खाना खुवाउन छोड्नुस् र घरमा जे पाक्छ त्यही खुवाउने बानी गर्नुस्। कुनै औषधि खानु पर्दैन। हरिया तरकारी र फल फुल खुवाउन जोड गर्नुहोस्। सधैँ जंक फुड खुवाउने हो भने औषधि गरेर मात्र केही हुँदैन’ भनेर चिकित्सकले सल्लाह दिए।
पत्रु खाना,मिठाइहरू पकाउने ठाउँमा गएर उपभोक्ताले कहिले पनि हेरेका हुँदैनन्। बाहिरपट्टि जे देखिन्छ त्यही राम्रो प्याकेटका खानेकुरा र मिठाइ किनेर खाने चलन छ। यसरी जहाँ पायो त्यही बनाएको, बारम्बार पकाएको तेलमा पकाएको मिठाइ ले गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने कुरा बुझेर सकेसम्म आफ्नो सन्तान लाई नदिने कि । मन्द बिख नै दिनु हुन्छ सन्तान लाई दिने हो भने त कसले रोक्ने र ?